श्रीमानको दुवै मृर्गौला फेल भई उपचारमा सम्पति सकिएपछि टिकामाया गिरीलाई आ्फनो ब्रेन ट्युमरको उपचार गर्न समस्या जिरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजयी कतारमा मृत्यु भएका विन्दु र आङदावाको परिवारलाई आर्थिक सहयोग जिरी नगरपालिकामा विद्युत्त सट भई आगालागी हुदाँ एक घर जलेर नष्ट साथीको खुकुरी प्रहारबाट नाम्दुका एक युवा गम्भीर घाईते आफुहरुलाई हरेक कार्यक्रममा सम्मान नगर्ने गरेको जेष्ठ नागरिकहरुले गुनासो क्रियाशील महिला पत्रकार शाखा दोलखाको अध्यक्षमा निता राउन साउन महिना देखी हाल सम्म दोलखामा ४१ वटा चोरीका घटना दर्ता दोलखा लापिलाङ्ग गाविसकी एक युवतीका शव अलपत्र कतारमा अलपत्र माथिल्लो तामाकोशी जल विद्युत आयोजनाको रोड टनेलको ब्रेक थ्रु भएको छ
Tuesday, 2017 Aug 22
About Us


रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्ज
चरिकोट, दोलखा

१. परिचय
रेडियो शैलुङ सामुदायिक एफ.एम ९२.७ मेगाहर्ज दोलखा जिल्लाका क्रियाशिल सामुदायिक सस्थाहरु, बुद्धिजिवी, विकासप्रेमी तथा सर्वसाधाररण जनताको पहल र सामुदायिक लगानिमा स्थापित सस्था हो । राष्ट्र निर्माणको प्रकृयामा स्थानिय जनतालाई नै शसक्त रुपमा सहभागिता गराउँदै सामुदायिक संचार माध्यम, रेडियोको माध्यमबाट लोकतन्त्रका उपलब्धिहरुलाई गाउँसम्म पु¥याई दिगो शान्ति, अग्रगमन र लोकतन्त्रको सस्थागत विकासमा टेवा पु¥याउने उद्देश्यले रेडियो शैलुङ सामुदायिक एफ. एम को स्थापना भएको हो । डिभिजन सहकारी कार्यालय दोलखामा दर्ता भई हाल संचालनमा रहेको शैलुङ सञ्चार सहकारी सस्था लि. द्धारा यसको सम्पुर्ण व्यवस्थापन भएको छ । सामुदायिक शिक्षा र मानव अधिकारका आवाजहरुलाई गाउँ सम्म पु¥याउने अधियानको क्रममा मानव अधिकार सचेतन तथा विकास केन्द्र हुराडेक नेपालको सक्रियतामा यस सामुदायिक रेडियोको स्थापना हुन पुगेको हो ।

२. लक्ष्य
दुर्गम, ग्रामिण तथा शहरि क्षेत्रका जनताहरुमा सुचनाको पहुँच बढाउदैँ पछाडि पारिएका, सिमान्तकृत समुदायलाई सिर्जनात्मक सुचनाको माध्यमबाट विकासको मुल प्रवाहमा ल्याउने रेडिायो शैलुङ सामुदायिक एफ.एम को प्रमुख लक्ष्य हो ।

३. उद्देश्य
विकास निर्माणका हरेक क्रियाकलापहरुमा जनसहभागिताको बुद्धि गर्न र ग्रामिण क्षेत्रमा सुचनाको पहुँच भन्दा बाहिर रहेका जनतालाई सुचनाको मूल धारमा ल्याई राज्यका हरेक क्षेत्रमा सक्रिय सहभागि गराउनको लागि रेडियो शैलुङ सामुदायिक एफ.एम ले देहायका उद्देश्यहरु निर्धारण गरी आफ्ना क्रियाकलापहरु अगाडि बढाएको छ ।             

  •    ग्रामिण तथा दुर्गम क्षेत्रमा रेडियोको माध्यमबाट सञ्चारको पहुँच बढाउने ।

  •    सवै क्षेत्रमा मानव अधिकार, सामाजिक न्याय, सुशासन र समावेशि विकासको पक्षमा वकालत गर्ने ।

  •    पछाडि पारिएका समुदायको लागि बौद्धिक, प्राविधिक र व्यवहारिक ज्ञान प्रसार गर्ने ।

  •    स्वस्थ, सिर्जनशिल, साँस्कृतिक मनोरञ्जन दिलाउने ।

  •    सरकारी, सामुदायिक तथा सार्वजनिक सूचनाहरु प्रवाह गर्ने ।

  •    लोकतन्त्रो सस्थागत विकासलाई मद्दत पुग्ने विविध गतिविधिहरु संचालन गर्ने ।

  •     राष्ट्र निर्माणको लागि नागरिकहरुमा आम धारणा निर्माण गर्न मद्दत गर्ने ।


४. लक्षित समुह
सर्वसाधारण श्र्रोता, स्थानियस्तरका समूह, सामुदायिक वन उपभोक्ता समूह, गैरसरकारी सस्था, शैक्षिक सस्था, सरकारी सस्था, सामुदायिक रेडियो श्र्रोता क्लब, धार्मिक समूह, राजनितिक पार्टि, उद्योग व्यवसायी, सञचारकर्मी, गाउँ विकास समिती, जिल्ला विकास समिती, विज्ञापन एजेन्सी, दातृ संस्था लगायत सामुदायिक सरोकारका सबै पक्षहरु यस रेडियोको लक्षित समूह हुने छन् ।

५. कार्यनीति

  •   जिल्ला तथा छिमेकी जिल्लाका सामुदायिक सस्थाहरुमा रेडियो सदस्यता बृद्धि गर्ने ।

  •   सदस्य सस्थाका कार्यक्रम र विज्ञापनहरुको प्रशारणमा विशेष सुविधाको व्यवस्था मिलाउने ।

  •   ग्रामिण क्षेत्रमा रेडियो श्र्रोता क्लबहरु गठन र सञ्जाल निर्माण गर्ने ।

  •  रेडियो सञ्चालनमा सहयोग जुटाउन स्थानिय एवम् माथिल्लो तहसम्मका अधिकारवाला, सरोकारवालाहरुबिच आवश्यक संरचना र सञ्जालहरु गठन गर्ने ।

  •  सामुदायिक रेडियोको मर्मलाई आत्मसाथ गरी समावेशि आधारमा सदस्यता विस्तार तथा कर्मचारीहरुको नियुक्ति गर्ने ।

  •  दक्ष, प्रतिस्पर्धी र प्रतिवद्ध कर्मचारिको व्यवस्थापन गर्ने ।

  •   सामुदायिक रेडियोको मापदण्डको आधारमा कार्य संचालन गर्ने ।


६. मूल्य मान्यताहरु

  •   लोकतान्त्रिक, सहभागितामुलक र पारदर्शि विधिबाट सस्थाको कार्य सम्पादन हुनेछ ।

  •   अधिकार बञिचत, पछाडि पारिएका तथा कमजोर वर्गको हित नै कार्यक्रमको मार्गदर्शन हुनेछ ।

  •   सामुदायिक रेडियो सञ्चालन आचारसहिंताको मान्यतामा रेडियो सञ्चालन हुनेछ ।


७. कार्यक्रमका क्षेत्रहरु

  •  कृषि, स्वास्थ्य, शिक्षा, उद्योग, वाणिज्य, विज्ञान, प्रविधि, वन, वातावरण आदिको संरक्षण ।

  •   सबै जाति, भाषा, संस्कृति, वर्ग, धार्मिक समुहवीच आपसी सद्भावना अभिबृद्धि ।

  •   सामाजिक तथा राष्ट्रिय भावना, नैतिक जागरण, लोकतान्त्रिक संस्कार र राष्ट्रिय एकतामा बृद्धि ।

  •   कानूनि सचेतना कार्यक्रम ।

  •   राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा भएको महत्वपुर्ण गतिविधीहरु ।

  •   गरिबी न्युनिकरण तथा आयआर्जनको लागि जन–सशक्तिकरण गरिने कार्यक्रम ।

  •    प्राकृतिक तथा पर्यटकिय सम्पदाहरुको प्रचार प्रसार, संरक्षण समुदायको अधिकारको बारेमा वकालत ।

  •   मानवअधिकार तथा अधिकारमुखि विकास अवधारणाको प्रचार प्रसार ।


      ८. प्रशारणमा रहेका कार्यक्रमहरु
    रेडियो कार्यक्रमहरु क्रमशः परिस्कृत र विविधिकरण हुँदै गईरहेको छ । हाल समाचार, सामाजिक गतिविधि तथा मनोरञजन लगायतका कार्यक्रमहरु दैनिक १७ घण्टा प्रशारण भईरहेका छन् । जसमा स्थानिय तथा राष्ट्रिय समाचार, नेपाली, सुनुवार, जिरेल, तमाङ, शेर्पा आदि भाषामा स्थानिय समाचारहरु रहेका छन् । अन्य कार्यक्रमहरुमा जाति÷भाषा विशेष कार्यक्रम, बैचारिक अन्तरक्रिया, सस्थागत सन्देशमूलक कार्यक्रमहरु साहित्य र विविध किसिमका साङ्गितिक कार्यक्रमहरु विशेष रहेका छन् ।

९. प्रशारण क्षेत्र

२५० वाट प्रशारण क्षमताबाट बृद्धि गरी हाल ५०० वाट प्रशारण क्षमता भएको यस रेडियोको प्रशारण दोलखा, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक, महोत्तरी, रौतहट, भक्तपुर, ललितपुर, भोजपुर, संखुवासभा, उदयपुर, सप्तरी र धनकुटाका धेरैजसो भागहरु र हाम्रो वेबसाईट धधध।चबमष्यकबष्गिलन।यचन मार्फत संसारको कुनै पनि ठाउँबाट सुन्न सकिनेछ ।

१०. जनशक्ति विकास नमूना सामुदायिक रेडियोको रुपमा स्थापित हुन यो संस्था सामुदायिक रेडियोका आवश्यक मापदण्डहरु पूरा गर्ने बाटोमा क्रियाशील छ । हाल संस्थामा रेडियो सञ्चालन तर्फ ९ सदस्यीय रेडियो सञ्चालन समिति, विभिन्न अनुगम तथा मूल्याङ्कन समिति, निर्देशक, स्टेशन प्रमुख, सम्पादक, कार्यक्रम संयोजक, प्रविधि तथा उत्पादन प्रमुख सहित २८ जना कार्यक्रम प्रस्तोता, ३ जना प्राविधिक, ३ जना बजार प्रतिनिधि, लेखा तथा प्रशासनिक जिम्मेवारीमा रहेका कर्मचारीहरुको व्यबस्था गरिएको छ । रेडियोलाई अझ प्रभावकारी तरिकाले सञ्चालन गर्नको लागि जिल्ला भित्र र जिल्ला बाहिर समेत गरी विभिन्न स्थानमा रेडियो प्रतिनिधिहरुको समेत व्यबस्था गरिएको छ ।

११. आवद्धता, साझेदारी र सहकार्य शैलुङ सञ्चार सहकारी संस्था लि. का उद्देश्यसँग मेल खाने खालका सबै किसिमका संघ, संस्था, कार्यालय, समुदाय तथा व्यक्तिहरुसँग सहकार्य, साझेदारी गर्ने नीति रेडियोले लिएको छ। रेडियो सञ्चालन भए देखि हाल सम्म यसले जिल्लाका सरकारी तथा गैरसरकारी संस्थाहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरु, सामुदायिक रेडियोको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराव), सामुदायिक सूचना नेटवर्क (ऋक्ष्ल्० इक्वल एक्सेस (भ्त्रगब िब्अअभकक), एन्टेना फाउन्डेशन, बि बि सी मिडिया एक्सन, सञ्चारिका समुह, वातावरण पत्रकार समूह (ल्भ्ँभ्व्) नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखा, विभिन्न सामुदायिक रेडियो आदिसँग सूचना र विकासका लागि साझेदारी र सहकार्य गर्दै आएको छ। ग्ल्म्ए, ध्यचमि खष्कष्यल, सिविन लगाएत अन्य सरकारी तथा गैर सरकारी संघ संस्थाको समन्वय तथा सहकार्यमा कार्यक्रम उत्पादन तथा प्रशारण गदै आएको छ ।
संगै सामुदायीक रेडियोको अभ्यासमा पहिलो पटक दोलखा जिल्लामा यस रडियोले सामुदायिक पत्रकारीतामा आधारित बालबालकिा सम्बन्धी रेडियो कार्यक्रम जीवन रक्षा बाल सुरक्षा पनि प्रशारणमा गदै आई रहेको छ ।

१२. सङ्गठन शैलुङ सञ्चार सहकारी संस्था लि. को व्यबस्थापनमा रेडियो सञ्चालनका लागि एक छुट्टै रेडियो सञ्चालन समिति गठन भएको छ । समितिले रेडियोको व्यवसायीक विकासका लागि  विनियमावली र लेखा तथा प्रशासन नियमावली समेत निर्माण गरी सकेको छ । रेडियो सञ्चालनको लागि सांगठानिक संरचना बनाई कार्यान्वयन गरिएको छ। संगठनमा रेडियो सञ्चालन उप समितिको मातहतमा अनुगमन तथा अनुशासन समिति, निर्देशक, स्टेशन प्रमुख रहेका छन्। स्टेशन म्यानेजरको माताहतमा प्रविधि र कार्यक्रम उत्पादन शाखा, समाचार कक्ष, बजार तथा लेखा शाखा रहेका छन। कार्यक्रम अन्र्तगत प्रस्तोता र विषयगत विभाग रहेका छन् । समाचार ब्युरो अन्तर्गत सम्पादक, समाचार वाचक र जिल्ला, गाविस तथा जिल्ला बाहिरका संवाददाता रहेका छन् ।

१३. रेडियोको सम्पर्क ठेगाना
    नामः रेडियो शैलुङ सामुदायिक एफएम ९२.७ मेगाहर्ज
    सम्पर्क व्यक्ति ः होम पाठक (कार्यकारी निर्देशक) प्रभु जिरेल (ब्यबस्थापक)
    सम्पर्क नं. ९७४११५६६९०,  ९८४४२३८०६७,
    कार्यालय ठेगानाः भीमेश्वर नगरपालिका १, चरिघ्याङ, चरिकोट–दोलखा
    फोनः ०४९–४२१८११÷४२१८१२
    इमेलः  radiosailung@gmail.com, news.sailung@gmail.com

On Air Now !!!
- Listen Now
Coming Up Next »
Get the Flash Player to see this player.
विज्ञापन