काठमाडौंका यी स्थानमा चल्नेछ अब निःशुल्क वाईफाई

काठमाडौं महानगरपालिकाले उपत्यकाका विभिन्न स्थानहरुमा निःशुल्क वाइफाई इन्टरनेट सेवा संचालन गर्ने भएको छ ।

सेवा संचालनका लागि काठमाडौं महानगरपालिका र वल्र्ड लिङ्क प्राइभेट लिमिटेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा हस्ताक्षर भएको ६० दिनभित्र सेवा संचालनमा आइसक्न काठमाडौं महानगरपालिकाले जनाएको छ ।

महानगरपालिकाले काठमाडौंको रत्नपार्क, बसन्तपुर, हनुमानढोका, बालाजु बाइस धारा, स्वयंभू, पशुपतिनाथ, बौद्ध लगायतका ६ वटा स्थानहरुमा सवैभन्दा पहिले निःशुल्क इन्टरनेट सेवा संचालनमा ल्याउन लागेको हो ।

महानगरका वासिन्दा र पर्यटकहरुलाई लक्षित गर्दै यो सेवा संचालन गर्न लागिएको महनगरपालिकाले जनाएको छ ।

महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी दिनमा उपल्यका भित्रका अन्य धेरै स्थानमा पनि निःशुल्क वाइफाई सञ्चालन गरिने जानकारी दिए ।

इमेज खबरबाट

प्रतिकृया दिनुहोस

फुङलिङ बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेरा बिग्रिए

दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम फुङलिङमा जडित आधाजसो सिसी क्यामेरा तीन महिनादेखि बिग्रँदा कामै गर्न छाडेको छ । दुई वर्षअघि ताप्लेजुङ सदरमुकाम

टेलिकमले ल्यायो ‘नमस्ते क्रेडिट’ सेवा

नेपाल टेलिकमले शुक्रबारदेखि जीएसएम तथा सीडीएमए प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि ‘नमस्ते क्रेडिट’ सेवा ल्याएको छ । टेलिकमद्वारा शुक्रबार

यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेदेखि नेपालमा उपलब्ध हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले जानकारी गराएको हो ।

यी दुई स्मार्टफोनहरु आगामी चैत ९ गतेदेखि नेपालमा उपलब्ध हुने सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी कम्पनीले जानकारी गराएको हो । थप आधुनिक