​​​​​​​रामेछापमा यात्रुबहाक बस दुर्घटना एक को मृत्यु ११ घाइते

चैत १८
रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नम्बर २ ठोसेको दोर्जे गाउँमा यात्रुबहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा उमाकुण्ड गाउँपालिका २ का १८ बर्षिय सुवास गजमेर रहेका छन् । घाइते हुनेहरुमा उमाकुण्ड ३ का १८ बर्षिय मुकेश सुनुवार, सम्झना सुनुवार,सन्तोस बस्नेत, आशिष कार्की, छोटी शेर्पा र वडा नम्बर २ की निमडेकी शेर्पा, पासाङ सेर्पा,सोमरजा कार्की विमला तामाङ र प्रेमलेकी शेर्पा  रहेका रहेका छन् । त्यस्तै बसका सहचालक दोलखाको भिमेश्वर नगरपालिकाका २२ बर्षका कृष्ण बुढाथोकी घाईते भएका छन् । घाइते मध्य छोटी शेर्पाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । रामेछापका प्रहरी निरिक्षक राजकुमार थापाका अनुसार दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते हुनेहरु एसइई परिक्षा सकेर घर फर्किएका विद्यार्थीहरु हुन् । राजधानी काठमाण्डौँबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्ती भण्डार तर्फ जादै गरेको बा ३ ख २६९५ नम्बर को अरनिको यातायात समितिको सुप्पर एक्प्रेसको बस उकालो सडकमा ब्याग गर्दा अनियन्त्रीत भै अपरान्ह् ३ः३० बजे पल्टीएको प्रहरीको भनाई छ । घाइतेहरुलाई उपचारका लागि जिरी अस्पताल लगिएको छ । 

प्रतिकृया दिनुहोस

वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व देशभर मनाइँदै

रेडियो शैलुङ्ग दोलखा बैशाख ३ सोमबार वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व  देशभर मनाइँदैछ । यस पर्वमा जन्म दिने आमालाई मीठामीठा परिकार

प्रधानमन्त्री केपी ओली र उर्जा मन्त्री बर्षमान पुन माथिल्लो तामाकोसी आयोजनाको स्थलगत अनुगमनमा,

चैत्र २८ /रेडियो शैलुङ्ग प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार विकासको नयाँ मोडलका साथ देश विकासमा अगाडि बढीरहेको उल्लेख गर्नुहुदै माथिल्लो

प्रधानमन्त्री ओलीलाई दिइयो भारतमा मानार्थ पीएचडीको उपाधि

भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतमा मानार्थ पीएचडीको उपाधि दिइएको छ । आइतबार भारतको उत्तराखन्ड राज्यस्थित