कानुनको सर्वोच्चताका लागि वर्तमान सरकार न्यायलयको शुद्धताका लागि - तयार

कानुनको सर्वोच्चताका लागि वर्तमान सरकार न्यायलयको शुद्धताका लागि तयार भएर वसेको संघीय सरकारका कानुन, न्याय तथा संघिय मामिला ले वताउनु भएको छ । 
गौरीशकर बहुमुखी क्याम्पस चरिकोट दोलखाको ३७ औंस्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्वोधन गर्दै मन्त्री तमाङले न्यायलयमा वढी समस्या भएकोले यस्ता प्रवृत्तीको अन्त्यको लागि सरकारले कदम चाल्ने वताउनु भएको हो । 

कार्यक्रममा वोल्ने क्रममा मन्त्री तमाङले क्याम्पसका विद्यार्थीतर्फ केन्द्रीत हुदै मुलुकको सम्वृद्धिकालागि आफ्नै भुमिमा पसिना बगाउन युवा विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।.....हाम्रो देशको पसिनाले हाम्रै देशको सम्वृद्धि चाहिन्छ तपाईहरु विदेशिने कुरामा खुट्टा नउचाल्नुस’’ मन्त्री तामाङले भन्नुभयो । साथै गौरीशकर क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई प्रतिस्पर्धामा अव्वल वन्दै मुलुकको नेतृत्व गर्न तयार हुन समेत सुझाव दिनु भयो ।
यसैगरी कार्यक्रमकालाई सम्वोधन गर्नुहुँदै प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले गौरीशंकर वहुमुखी क्याम्पसलाई शैक्षिक संस्थाहरुको नेतृत्वदायी भुमिका निर्वाह गर्ने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरको अध्यक्षतमा सम्पन्न कार्यक्रममा प्रदेश नं ३ का सासद पशुपति चौलागाईले क्याम्पसलाई नयाँ विषयको खोजी सहित फरक पहिचानको शैक्षिक थलोको रुपमा विकास गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे,भिमेश्वर नगरपालिका प्रमुख भरत केसी लगायतले शुभकामना सहित दोखलालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न योजना वनाएर अगाडि वढ्ने कुरामा जोड दिनुभयो । 
क्याम्पसको स्थापना दिवसको अवसर पारेर क्याम्पसलाई आर्थिक सहयोग गर्नुहुर्ने दोलखा मेलुङ घर भएका व्यवसायी रामहरि श्रेष्ठ,दोलखा घर भइ हाल ललितपुर वस्ने विष्णुलक्ष्मी श्रेष्ठ र एक विदव्यार्थी पढाउ अभियानका लागि ५० हजार सहयोग गर्ने दोलखा कालिञ्चोक गाउँपालिकाका पुरुषोत्तम दहाललाई मन्त्री तमाङले सम्मान गर्नुभएको छ ।
   क्याम्पसबाट शिक्षाशास्त्र संकायमा स्नातकोत्तर उपाधि प्राप्त गर्ने ५० जना विद्यार्थीलाई सम्मोपहार प्रदान गरिएको छ । त्यसैगरीे शिक्षाशास्त्र शंकाय अन्र्तगत स्नातक तहबाट शारदा उप्रेति, व्यवस्थापन शंकायतर्फ शिला अधिकारी र मानविकी शंकायतर्फ श्यामकुमार बस्नेत उत्कृष्ट विद्याथी पुरस्कारबाट पुरस्कृत भएका छन् । 
दिवसको पुर्व सन्ध्यामा आयोजना गरिएको साताव्यापी कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पनि कार्यक्रममा पुरस्कृत गरिएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख शान्त केसीले १ करोड ४५ लाख वरावरको आयव्यय सहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा स्वीस फोटा ग्राफर फ्रिज वर्गरले वि.स २०३० सालदेखि २०६८ सालसम्म खिचिएको १ सय ५० भन्दा वढी  फोटो पुस्तक विभिन्न संघसस्थालाई निशुल्क प्रदान गरिएको थियो । 


२०३८ सालमा स्थापना भएको उच्च शिक्षाको क्षेत्रमा जेठो मानिने गौरीशकर वहुमुखी क्याम्पस जिल्लाकै एकमात्र स्नातकोत्तरसम्म अध्ययन हुने क्याम्पसको रुपमा परिचित छ । हाल क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकायका कक्षा ११ तथा १२, स्नातक तहका शिक्षा, ब्यवस्थापन तथा मानविकी र  स्नातकोक्तर तहसम्म शिक्षा अंग्रेजी, नेपाली र भ्एः विषयमा अध्यापन हुदै आएको छ । 

प्रतिकृया दिनुहोस

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध

१९ औ सरसफाई सप्ताह सम्पन्न

रेडियो शैलुङ्ग दोलखा १९ औ सरसफाई सप्ताह सम्पन्न १९ औ सरसफाई सप्ताहको सम्पन्न भएको छ । सप्ताहको सातौ दिन दोलखाको भिमेश्वर नगरपालिका ५ मा रहेको

स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम

रेडियो शैलुङ्ग दोलखा गत जेठ २१ गते बाट सुरु भएको स्थानिय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुको लागि तिन दिने क्षमता विकास तालिम दोलखाको बैतेश्वर