बल बिगारेपपछि स्टिभ स्मिथ र डेभिड वार्नरलाई झन्डै ३० करोड घाटा

बल बिगारेपछि अष्ट्रेलियन क्रिकेट स्टिभ स्मिथ र डेभिड वार्नरलाई करिब ३० करोड रूपैयाँ घाटा भएको छ। आइसिसिबाट एक वर्षको प्रतिवन्धमा परेका उनीहरूले एक सातापछि हुने आइपिएलसमेत खेल्न नपाउँदा करोडौं रूपैयाँ गुमाउने भएका हुन्।

अन्तर्राष्ट्रिय क्रिकेटबाट एक वर्षको प्रतिबन्धमा परेका अष्ट्रेलियन खेलाडी स्टीभ स्मिथ र डेभिड वार्नरलाई बिसीसीआईले पनि आइपिएल खेल्न प्रतिबन्ध लगाएको छ।

आईपीएलका अध्यक्ष राजीव शुक्लाले आईसीसीको प्रतिबन्धमा परेका दुबैले आइपिल खेल्न नपाउने निर्णय गरेका हुन्।

स्टिभ राजस्थान रोयल्सका कप्तान थिए भने र वार्नर सनराइजर्स हैदरावादका कप्तान थिए। दुबैलाई १२ करोड भारूमा टिमले रिटेर्न गरेको थियो।

आगामी साता सुरू हुने आइपिएलका लागि दुबैले यसअघि नै कप्तानबाट राजीनामा दिएका थिए।

यो सँगै यो वर्ष दुबैले करिब ३५ करोड रूपैयाँ गुमाउने भएका हुन्।

आइपिएलबाट १९.२० करोड र क्रिकेट अष्ट्रेलियाबाट पाउने वार्षिक पारिश्रमिक स्मिथले १५ करोड रूपैयाँ र वार्नरले १३ करोड रूपैयाँ गुमाउने भएका हुन्। यस्तै विभिन्न प्रायोजनसमेत उनीहरूले गुमाउने भएका छन्।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल बिगारेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको थियो।

विवादमा फसेका उनीहरूलाई अस्ट्रेलियाली क्रिकेट बोर्डले स्टीभ स्मिथ र डेविड वार्नरलाई दक्षिण अफ्रीकाविरूद्ध जारी चौथो टेस्टमा कप्तान र उपकप्तानबाट हटाएको थियो।

आइसिसीले स्मिथलाई म्याच फिको सतप्रतिशत र एक खेल प्रतिबन्ध लगाएको थियो।

 

 

सेतो पाटी

प्रतिकृया दिनुहोस

नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध ।

चैत ८ । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्नस्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै

३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना ।

गौरीशंकर वहुमुखी क्याम्पस चरिकोट दोलखाको ३७ आँै स्थापना दिवसको अवसरमा साताव्यापी कार्यक्रमको आयोजना गरेको छ । आज भएको भलिवल प्रतियोगितामा

नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ । 

चैत ३  नेपाल पत्रकार महासंघ दोलखा र दोलखा फुटवल संघ विच मैत्रीपूर्ण फुटवल प्रतियोगिता सदरमुकाम चरिकोटमा आज सम्पन्न भएको छ ।  पत्रकार र फुटवल संघका