डाटा चोरी भएकोमा गल्ती स्वीकार

चैत ८ । सामाजिक सञ्जाल फेसबुकले करोडौं प्रयोगकर्ताको डाटा चोरी भएकोमा गल्ती स्वीकार गरेको छ ।

क्याम्ब्रिज एनालिटिका स्क्यान्डल सार्वजनिक भएपछि फेसबुकका संस्थापक मार्क जुकरबर्गले आफ्नो कम्पनीको गल्ती भएको स्वीकार गरेका हुन् ।

उहाँले फेसबुक प्रयोगकर्ताका सामग्री तेस्रो पक्षले जानकारी लिन नसकिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले एप्स बनाउने अलेक्जेन्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकका बीच जे भएको छ त्यो विश्वासघात नै भएको बताए ।

उनले फेसबुक र फेसबुक प्रयोगकर्तामाथि पनि विश्वासघात भएको बताए । जुकरबर्गले फेसबुकमा आएको समस्या समाधानका लागि केही प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाए ।

फेसबुकमा डाटा चोरी भएको खबर सार्वजनिक भएलगत्तै फेसबुकको शेयरमा आठ प्रतिशत गिरावट आएको थियो ।

अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई सहयोग गर्ने क्याम्ब्रिज एनालिटिकल कम्पनीले फेसबुकका पाँच करोडभन्दा बढी प्रयोगकर्ताको जानकारी चोरेको आरोप सार्वजनिक भएको थियो ।(एजेन्सी)

प्रतिकृया दिनुहोस

नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह

इन्डिया नेपाल विजनेश फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक

प्रधानमन्त्री ओलीलाई दिल्लीमा भारतीय गृहमन्त्रीले गरे स्वागत

नयाँ दिल्ली, चैत २३ । प्रधानमन्त्री केपी ओली तीन दिने औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् । उनलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी

उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा !

  उत्तर कोरियाली नेता किम सुटुक्क बेइजिङमा ! १३ चैत, काठमाडौं । अनपेक्षित रुपमा बेइजिङ आएका उत्तर कोरियाका उच्च अधिकारी सर्वोच्च नेता किम जोङ उन