हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन


मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ । उपाध्यक्षमा गणेश आले,सचिव राजु श्रेष्ठ,कोषाध्यक्ष वासु श्रेष्ठ,सहसचिव स्वस्थानी थापा लगायत चयन हुनुभएको हो । दोलखाका सवै स्थानीय तहको प्रतिनिधित्व हुने गरी एकेडेमीमा सदस्य चयन गरिएको वताइएको छ । 
मदन भण्डारी फाउण्डेशन दोलखा इकाइको आयोजनामा भएको प्रथम जिल्ला भेलाको उद्घाटन गर्दै मदन भण्डारी स्पोर्ट एकेडेमी केन्द्रका अध्यक्ष विनोद श्रेष्ठले मुलुकको सम्वृद्धिका लागि स्पोर्ट एकेडेमीको गठन भएको वताउनुभयो । खेललाई पर्यटनसंग जोड्दै युवा शक्तिलाई विदेश पलायनताबाट रोक्नु एकेडेमीको उद्येश्य भएको प्रष्ट पार्नुभयो । अवको समय परिवर्तन मात्र नभएर रुपान्तरणको अपरिहार्यता भएको भन्दै यसका लागि स्पोर्ट एकेडेमीको माध्यमबाट युवाशक्ती परिचालन गर्ने समेत वताउनुभयो ।
 यस्तै सभालाई सम्वोधन गर्दै पुर्व मन्त्री एवं प्रदेश नं ३ नेकपा सचिव आनन्द प्रसाद पोखरेलले खेल र खेलाडिले राष्ट्रियतालाई वलियो वनाउने धारणा राख्नुभयो । परिवर्तनको पहरेदार खेलाडि भएकोले सवै क्षेत्रको विकास र राष्ट्रिय पहिचानका लागि स्पोर्ट एकेडेमी वलियो भएर काम गर्ने कुरामा विश्वास व्यक्त गर्नुभयो । 
कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवं स्कुल विभाग सचिव इश्वरी रिजाल,प्रदेश कमिटी सदस्य वसन्त कार्की,जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे,भिमेश्वर नगरप्रमुख भरत केसी लगायतले भेलालाई सम्वोधन गर्दै खेलकुदको माध्यमबाट  नै मुलुकको सम्वृद्धि सम्भव ह्ुने विचार राख्नुभयो । 
केन्द्रमा २०६६ सालमा स्थापना भएको मदनभण्डारी स्पोर्ट एकेडेमी दोलखामा भने पौष २१ गते शनिवार आम भेलाको आयोजना गरि गठन गरिएको मदन भण्डारी फाउण्डेशन दोलखाका सचिव रोहितचन्द्र खड्काले जानकारी दिनुभयो । 
मदन भण्डारी फाउण्डेशन दोलखाको आयोजना तथा फाउण्डेशनका अध्यक्ष गोपाल न्यौपानेको अध्यक्षतामा भएको प्रथम भेलामा जिल्ला खेलकुद विकास समिति, जिल्ला फुटवल संग लगायत राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,स्थानीय जनप्रतिनिधि लगायत युवाहरुको उल्लेख्य सहभागीता रहेको आयोजकको भनाई छ ।

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन गरिएको छ । ग्क्ब्क्ष्म् र ँज्क्ष्३६० सँगको