दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ । 
प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्नुहँदै अध्यक्ष पाखरेलले गाउँपालिकाको लक्ष भनेको चिकित्सा सहितको हस्पिटल बनाउने रहेको बताउनुभयो । उहाँले भन्नुभयो यो हाम्रो सुरुवात हो । अध्यक्ष पोखरेलले तामाकोशी गाउँपालिका अव पछाडी हैन अगाडि बढेर काम गर्ने योजनामा रहेकाले पालिका भित्रका सवै स्वस्थ्यकर्मीले र्निधक्क भएर काम गर्न निर्देशन दिनुभयो । उहाँले तामाकोशी गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि प्रयाप्त बजेट विनियोजन गरेको समेत बताउनुभयो । पोखरेलले अब पालिका भित्रका सबै वडामा क्रमिक रुपमा प्रयोगशाला स्थापना गर्ने प्रतिवद्धता समेत जनाउनुभयो । 


यसैगरी कार्यक्रममा बोल्नुहुँदै जिल्ला स्वास्थ्य कार्यालय दोलखाका जितेन्द्रकुमार कर्णले प्रयोगशालाको बारेमा प्रचार प्रसार गनुपर्ने बताउनु भयो । जिल्लाको पहिलो प्रयोगशाला भएकाले गाउँपालिकाले सहि सदुपयोग गर्नुपर्ने उहाँले जोड दिनुभयो । यस्तै तामाकोशी गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजकुमार रोकाले स्वास्थय संवेदनशिल क्षेत्र भएका कारण आपतकालिन अवस्थामा स्वास्थ्यकर्मी आफैले निर्णयगरि औषधि खरिद गर्न सक्ने वातावरण निमार्ण गरिदिएको जानकारी दिनुभयो भने तामाकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुकुमार मिश्रले धेरै प्रयासपछि प्रयोगशाला स्थापना गरेकोमा खुशी व्यक्त गर्नुहुँदै अव गाउँपालिकामा हुने मृत्युदरमा कमि आउने बताउनु भयो । उहाँले भन्नुभयो हामीले विरामिले बताउनुभएको आधारमा औषधि दिने गरेका थियौँ । अव रोगको पहिचान गरि औषधि दिँदा फाइदा हुन्छ । यसले सम्पुर्ण सेवाग्राहिलाई फाइदा हुन्छ ।
वडा नम्वर ३ जफेका वडा अध्यक्ष रामप्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष उर्मीला खड्का केसी, महिला स्वास्थ्य स्वमंसेवीका मञ्जु महत लगाएतले आ आफ्नो धारण राख्नुभएको थियो । कार्यक्रममा हुराडेक नेपाल दोलखाका अध्यक्ष होम पाठक, उपाध्यक्ष उद्धव पोखरेल, गाउँपालिकाका सात वटै वडाका वडा अध्यक्ष लगाएतको सहभागीता रहेको थियो । प्रयोगशालामा दिशा पिशाव, खकार सुगर लगाएतको निशुल्क परिक्षण गरिने छ ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन गरिएको छ । ग्क्ब्क्ष्म् र ँज्क्ष्३६० सँगको

तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु