दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन

दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर ३ काटाकुटी र वडा नम्बर ४ मागापौवामा रेडियो स्रोता समुहको पुर्नगठन गरिएको छ ।
ग्क्ब्क्ष्म् र ँज्क्ष्३६० सँगको साझेदारीमा गाउँपालिकाको दुई वडामा यस अघि गठन भई निस्क्रिय रहेको रेडियो स्रोता समुहलाई सक्रिय बनाउने उद्देश्यले बुधबार र बिहिवार नयाँ रेडियो स्रोता समुहको गठन गरिएको हो । काटाकुटी रेडियो स्रोता समुहको सहजकर्तामा लक्ष्मीडोल्मा तामाङ सहित महिला, जनजाति लगाएत १५ सदस्य रहनुभएको छ भने पिपलडाँडा रेडियो स्रोता समुह मागापौवाको सहजकर्तामा रविन्द्र ढुङ्गेल सहित महिला, जनजाति, क्षेत्रि ब्राह्मण गरी २३ सदस्य रहनुभएको छ । रेडियो स्रोता समुहको पुर्नगठन पश्चात समुहमा आबद्ध सदस्यहरुलाई रेडियो शैलुङ ९२ थोप्लो ७ मेगार्हजबाट उत्पादनका साथै प्रशारण हुँदै आएको साझाबोलिको स्थानीय संस्करण ४६ अकं सुनाउँदै कार्यक्रमले समेटेको विषय बस्तु कस्तो लाग्यो प्रतिक्रिया समेत लिईएको थियो ।

रेडियो स्रोता समुह पुर्नगठन कार्यक्रममा वडा नम्बर ४ मागापौवाका वडा अध्यक्ष भरत ढुङ्गेल, देवि माध्यमिक बोचका शिक्षक राजन ढुङ्गेल लगाएत बुद्धिजिवि समाजसेविको सहभागिता रहेको थियो । यता काटाकुटी रेडियो स्रोता समुह पुर्नगठन कार्यक्रममा वडा नम्बर ३ का दलित महिला सदस्य राधा विक लगाएत युवा महिला सहित ज्येष्ठ नागरिकहरुको समेत सहभागिता रहेको थियो । रेडियो स्रोता समुहको बैठकले प्रत्येक हप्ताको आइतबार बेलुका ७ बजे बाट ७ ः ३० बजे सम्म प्रशारण हुने कार्यक्रम साझाबोलि सुन्ने अनि बैठक बसी कार्यक्रमले उठान गरेको सवाल कस्तो लाग्यो, अझै कार्यक्रमले गाउँठाउँका के कस्ता सवालहरुलाई उठान गर्न सक्छ भन्ने विषयमा छलफल गर्ने निर्णय भएको छ । कार्यक्रममा साझाबोलि कार्यक्रम उत्पादक बुना घिमिरेले रेडियो स्रोता समुह गठन गर्नुको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो । 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका

तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु