अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।



मंसिर २०
दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । 
अमेरिकाको भर्जिनियामा बस्दै आएका नेपाली बालबालिकाहरुले तिहारमा देउसी भैलोबाट जम्मा गरेको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने बताएपछि पत्रकार निता राउतको पहलमा सो विद्यालयमा न्यानो कपडा वितरण गरिएको हो । 
विद्यालयमा अध्ययनरत २० जना बालबालिकालाई विहीवार एक कार्यक्रमका बीच भिमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत र पत्रकार निता राउतले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयो । 
कार्यक्रममा बोल्नुहुदै भिमेश्वर नगरपालिकाको उपमेयर कमला बस्नेतले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन शिक्षक, अभिभावक र विद्यालय व्यवस्थापन समितीले उत्तिकै ध्यान दिन आवश्यक रहेको बताउनुभयो । 
नगर क्षेत्रमा चोरीको घटनामा बालबालिकाको संलग्न रहेको उदाहरण दिदै उहाँले आफनो बालबालिकाको रेखदेखमा समेत ख्याल राख्न अभिभावकहरुलाई आग्रह गर्नुभयो । 
बालबालिकालाई विद्यालय नियमितताका लागि  कार्यक्रमले थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक परशुराम थापाले बताउनुभयो । 
देउसी भैलो खेलेर जम्मा भएको २२ हजार ३ सय ३२ रुपैया रकमले १ थान स्वीटर र १ थान टोपी प्रदान गरिएको हो । 
अमेरिकामा बस्ने विश्वास ढुगाना, स्मृति उपाध्याय, सन्तोष क्षेत्री, अमृत ढुंगाना, प्रतिक उपाध्याय, रिवाज रेग्मी, पार्थ रेग्मीले हरेक वर्ष देउसी भैलोबाट संकलित रकम नेपालको विभिन्न क्षेत्रमा रहेका  बालबालिकाको लागि  खर्च गदै आइरहेका छन । नेपाली मौलिकता वचाउदै सामाजिक सेवाको भावना जागृत गराउन अभिभावकले समेत यसमा भुमिका निर्वाह गरेको वताइएको छ ।
यसपटक जम्मा भएको रकम पत्रकार निता राउतको आग्रहमा दोलखाको विद्यालयमा सहयोग गर्ने निर्णय स्वरुप विसुन्टोल आधारभुत विद्यालयका बालबालिकालाई सहयोग प्रदान गरिएको हो । 

प्रतिकृया दिनुहोस

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा

प्रकाश स्मृति कप फुटबलको उपाधि प्लानिङ ब्वाईज काठमाडौँलाई

  खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सम्बृद्ध नेपाल  निर्माण गर्न नेपालका समग्र युवाहरु एक जुट हुनु पर्ने वताउनुभएको छ । सदरमुकाम चरिकोटमा