अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 


अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा मेलङु पवटीकी सजिना नेपालीलाई १० हजार रुपैया आर्थिक सहयोग गर्नुभएको हो  ।
रेडियो शैलङुमा कार्यरत पत्रकार तारादेवी वस्नेतको समन्वयमा थापाकी भाउजु देवकी थापाले बालिकालाई हस्तान्तरण गर्नुभएको हो । गत वर्ष भँगेरी माध्यमिक विद्यालयबाट एसइइ परीक्षा उर्तिण गरेकी नेपाली आर्थिक  अभावकै कारण उच्च शिक्षाबाट वञ्चित हुने अवस्थामा पुगेको भन्दै थापाले सहयोग गर्नुभएको हो । मुटुका रोगी वुबाको ३ वर्ष अगाडि निधन भएको थियो भने आमा १ वर्ष अगाडि सम्पर्क विहीन भएसंगै २ जना भाइको समेत जिम्मेवारी वहन गर्दै आएकी सजिनाले दुइ भाइको समेत अभिभावकत्व निर्वाह गरेकी छन् । आर्थिक अभावकै कारण आफु लगायत दुवै भाइको पठनपाठन समस्या भोग्दै आएकी सजिनालाई समाजसेवी थापाको सहयोगले सहज भएको छ ।
दोलखा भिमेश्वर नगरपालिका वडा न ७ कुप्रि निवासी थापा करिव १ वर्ष अगाडि अष्ट्रेलिया पुग्नु भएको हो । थापा नेपाल रहदा पनि विभिन्न सामाजिक सेवाका कार्यमा योगदान पुरयाउदै आउनु भएको थियो । अहिले परदेशबाटै आप्नो जन्म स्थलको परिवर्तनका लागि प्रयास भन्ने अभियान शुरु गरेको सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा

प्रकाश स्मृति कप फुटबलको उपाधि प्लानिङ ब्वाईज काठमाडौँलाई

  खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सम्बृद्ध नेपाल  निर्माण गर्न नेपालका समग्र युवाहरु एक जुट हुनु पर्ने वताउनुभएको छ । सदरमुकाम चरिकोटमा