प्रकाश स्मृति कप फुटबलको उपाधि प्लानिङ ब्वाईज काठमाडौँलाई

 


खानेपानी तथा सरसफाई मन्त्री विना मगरले सम्बृद्ध नेपाल  निर्माण गर्न नेपालका समग्र युवाहरु एक जुट हुनु पर्ने वताउनुभएको छ । सदरमुकाम चरिकोटमा आयोजित  ‘प्रथम प्रकाश स्मृति कप २०७५ राष्ट्रिय फुटबल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुहुदै मन्त्री मगरले नेपाली युवाहरु जुझारु, बफार र मेहनती भएमात्रै सम्मृद्ध नेपाल वनाउने सपना पुरा गर्न सकिने वताउनुभयो । 
मन्त्री मगरले  प्रकाश स्मृति कप फुटबल प्रतियोगिता आयोजना गरी दोलखालीले  प्रकाशलाई सम्झिएकोमा खुसी लागेको भन्दै दोलखाको विकासको लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
 यसैवीच दोलखाको सर्वाधिक राशिको प्रथम प्रकाश स्मृति कप राष्ट्रिय फुटबल प्रतियोगिता  २०७५ को उपाधि प्लानिङ ब्वाईज काठमाडौँले जितेको छ । आज भएको फाईनल खेलमा दोलखा जिल्ला फुटबल संघलाई १ को विरुद्ध २ गोल गर्दै प्लानिङ ब्वाईज काठमाडौँले उपाधि जितेको हो । एपिएफ काठमाडौँलाई ३ को विरुद्ध ४ गोल गर्दै प्लानिङ ब्वाईज काठमाडौँ र दिपशिखा युवा समूह नैकाप काठमाडौँलाई १ का विरुद्ध ३ गोल गर्दै दोलखा जिल्ला फुटबल संघ फाईनलमा प्रवेश गरेको थियो । विजयी टिमलाई खानेपानी तथा सरसफाई मन्त्री एवं स्वर्गिय प्रकाश दहालको धर्मपत्नी विना मगरले दुई लाख ५० हजार नगद पुरस्कार सहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नु भएको छ । रिनेजम नेपालको आयोजना तथा दोलखा जिल्ला फुटबल संघको सह आयोजनामा भएको खुला राष्ट्रिय फुटबल प्रतियोगीतामा दोलखा, काठमाडौँ, भक्तपुर, चितवन, गोरखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र रामेछापको गरी १२ वटा टिमको सहभागिता रहेको दोलखा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द श्रेष्ठको भनाई छ । रिनेजम नेपालका कार्यक्रम संयोजक मिनकुमार शिवाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । प्रतियोगिताको उद्घाटन नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहालले गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका