शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३०

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित
तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना तथा विरोध कार्यक्रम गरेका छन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितताका लागि भन्दै नेपाल शिक्षक महासंघको आह्वानमा कात्र्तिक ३० गते देशभरका शिक्षकहरु तेस्रो चरणको आन्दोलन गरेका हुन् ।
महासंघमा आवद्ध शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय एकाईमा धर्ना तथा विरोध कार्यक्रम गरेको वताइएको छ । । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाएका छन् 
आन्दोलनका कार्यक्रम अन्र्तगत दोलखाका शिक्षकले पनि शिक्षा विकास तथा समन्वय इकाई दोलखामा धर्ना दिएका छन् ।
शिक्षा सेवा आयोगलाई संवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने, पूर्व प्राथमिक तह इसिडि मा कार्यरत शिक्षकहरुको दरवन्दी सिर्जना गरी सेवा र सर्त सुविधा सुनिश्चित गर्नुपर्ने विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताको पारिश्रमिक वृद्धि गरी यही वर्षदेखि विद्यालय पोषाक उपलब्ध गराउनु पर्ने  लगायत २६ वुँदे  गदै धर्ना दिईएको नेपाल शिक्षक महासघ दोलखाले जनाएको छ । धर्नामा जिल्लाको ९ वटा स्थानीय तहमा कार्यरत शिक्षक, विद्यालयमा कार्यरत कर्मचारी र कार्यालय सहयोगी लगायतकोे सहभागीता रहेको थियो ।
महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ । उनीहरुले विभिन्न २६ बुँदे माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा