मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ ।
सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक मेलमिलापकर्ता समाज जिल्ला शाखा दोलखाको प्रथम बार्षिक साधारणसभाको उद्घाटन सत्रमा बोल्नुहँदै न्यायधिश खड्काले मेलमिलापकर्ता वकिल जस्तो, पक्ष र विपक्ष जस्तो भएर बोल्न नपाउने बताउनुभएको हो । उहाँले मेलमिलापकर्ताले जहिले पनि सहजकर्ताको भुमिका निर्वाह गर्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो मेलमिलापकर्ता कुनै राजनितिक, कुनै व्यक्तिगत र कुनै आर्थिक स्वार्थ जोडिएको हुनुहुँदैन । न्यायायधिश खड्काले जाँहा सरकारबादि र प्रहरीबाट अपराधको अनुसन्धान हुने खालका मुदाहरु हुन्छन त्यस्तामा हात नहाल्न मेलमिलापकर्ताहरुलाई आग्रह समेत गर्नुभयो । 
यस्तै कार्यक्रममा बोल्नुहुदै जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख मनमाया जिरेलले गाउँपालिका र नगरपालिकामा गठन भएका न्यायिक समितिका संयोजकहरुले अहिले वडा स्तरमा न्यायधिशको काम गरिरहेको बताउनुभयो । समन्वय उपप्रमुख जिरेलले गाउँ तहमा मिलाउन मिल्ने मुद्धाहरु अहिले गाउँ तहमा नै मिलाउँदा स्थानीयलाई खर्च सहित धेरै कुरामा सहज भएको बताउनुभयो । उहाँले हाल मेलमिलापकर्ताहरुले दुबै पक्षलाई समझदारी रुपमा विवाद मिलाउने प्रयास गरेको प्रति खुशी व्यक्त गर्नुभयो । 
सामुदायिक मेलमिलापकर्ता समाज जिल्ला शाखा दोलखाका अध्यक्ष स्टालिन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष चुडा बहादुर श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव ताराबहादुर महतले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका उपप्रमुख मनमाया जिरेल, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक माधव प्रसाद काफ्ले, सामुदायिक मेलमिलापकर्ता समाज जिल्ला शाखा दोलखाका उपाध्यक्ष लक्ष्मीडोल्मा तामाङ लगाएतले मन्तव्य राख्नुभएको थियो । साधारणसभामा दोलखाको दुई नगरपालिका सहित सात गाउँपालिकाका मेलमिलापकर्ताहरुको सहभागिता रहेको थियो ।
मेलमिलाप परिषदसँगको समन्वयमा प्राकृतिक श्र्रोत द्धोन्द्ध रुपान्तरण केन्द्र नेपालले २०७२ सालबाट दोलखामा संचालन गरको सामुदायिक मेलमिलाप कार्यक्रम अन्र्तगत करिब ६ सय जना व्यक्तिहरुले मेलमिलापको तालिम प्राप्त गर्नुभएको छ । तालिम प्राप्त मेलमिलापकर्ताहरुले दुई नगरपालिका र सात गाउँपालिकाका ५३ वटा वडामा रहेका मेलमिलाप केन्द्र मार्फत विवादमा सहजीकरण गरीरहनुभएको छ । 

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा