प्रभातकालिन बचत तथा ऋण सहकारी संस्था बैतेश्वर ५ मैनापोखरीको ११ औ बार्षिक साधारण सभा सम्पन्न

प्रभातकालिन बचत तथा ऋण सहकारी संस्था बैतेश्वर ५ मैनापोखरीको ११ औ बार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष सिताराम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सचिब दिलराम गिरिले संस्थाको वार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने कोषाध्यक्ष टिका खतिवडाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । यस्तै लेखा सुपरीवेक्षण समितिको प्रतिबेदन संयोजक पुस्कल दाहालले प्रस्तुत गर्नुभएको थियो भने ऋण उपसमितिको प्रतिबेदन उपसमितिका सचिव शिव प्रसाद दहालले प्रस्तुत गर्नु भएको पत्रकार नविन कुमार खतीवडाले जानकारी दिनुभयो ।  सभाको अबसरमा संस्थाका उत्कृष्ठ जेष्ठ शेयर सदस्य गोबिन्द प्रसाद रिमाल, उत्कृष्ठ बचतकर्ता, शेयर खरिद कर्ता, २०७४ को कभभ परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी लगाएतलाई सम्मान गरिएको बताईएको छ । संस्थाले आर्थिक बर्ष २०७४÷०७५ मा १ करोड १ लाख ३३ हजार ९ सय ७२ रुपैँया बराबरको कारोबार गरेको छ । संस्थामा हाल ७ सय ८५ जना शेयर सदस्य रहेका छन् भने कुल पँुजि ९ लाख ८२ हजार ७१ रुपैयाँ रहेको छ ।
सहकारीले साना तथा मझौला किसिमका परियोजना, कृषि उत्पादन र ब्यापार ब्यवसायमा योगदान पु¥याएको अध्यक्ष सीताराम घिमिरेले जानकारी दिनुभयो । सभाको अवसरमा बोल्नुहुँदै बैतेश्वर गाउँपालिकाका उपप्रमुख रबिचन्द्र आचार्यले समाजको आर्थिक तथा साँस्कृतिक परिवर्तनमा सहकारीको भुमिका उल्लेख्य रहेको बताउँनुहुँदै आगामी दिनमा सदस्यलाई उत्पादनमा लाग्न र व्यावसायिक बन्न समेत आग्रह गर्नुभयो । उपप्रमुख आचार्यले सहकारी ऐन निर्माणको चरणमा रहेको बताउँनुहँदै सहकारी मैत्री ऐन निर्माण गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा जनचेतना सहकारी संस्थाका अध्यक्ष मुक्ति प्रसाद दहाल, भविश्य निर्माण महिला सहकारिका अध्यक्ष प्रतिभा घिमिरे, जनमुखी सहकारिका सहसचिव राजन केसी, जनसचेतन सहकारिका सन्चालक सदस्य भरत केसि, एकता कृषि सहकारी सस्थाका अध्यक्ष गगन बिशङ्खे, संस्थाका उपाध्यक्ष नबराज दाहाल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका