८० कटेका जेष्ठ नागरिक रेडियो मौलिक देउसी खेल्दै,देउसी खेल्दा वुढ्यौली पन विर्षिएको जेष्ठ नागरिकको भनाई

 

यमपञ्चकको पहिलो दिन अर्थात काग तिहारका दिन रेडियो शैलुङले जेष्ठ नागरि र युवाहरु सँग देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ ।
नेपालीहरुको दोस्रो महान पर्वमा खेलिने देउसी भैलीे जस्ता संस्कृतिको जर्गेना गर्ने मिडियाको भुमिका महत्वपूर्ण हुने भन्दै जिल्लाको विभिन्न स्थानीय तहमा घर भई हाल चरीकोटमा बस्दै आएका जेष्ठ नागरिकहरुलाई एक ठाउँमा जम्मा गरी रेडियोले देउसी भैलो खेलेको हो । रेडियोले ज्येष्ठ नागरिकहरुसँग करिव ४५ मिनेट देउसी भैलो खेल्ने खेलेको हो । जेष्ठ नागरिकहरु समेत आफुहरुले तिहारको पहिलो दिन नै रेडियोमा देउसी भैलो खेल्न पाउँदा खुसी भएका छन् ।  ८० वर्षको उमेरमा देउसी भट्याउने दोलखा जिलुका पदम प्रसाद चौलागाईले देउसी खेल्ने समयमा आफू उमेरमै छु कि भन्ने महशुस भएको अनुभव सुनाउनु भयो । ८० देखि ८६ वर्ष उमेर समुहका जेष्ठ नागरिक सवैले वाल्य काल स युवा अवस्थाको झझल्को आएको र वुढ्यौलीपन विर्षिएको अनुभव सुनाए । यसैवीच अहिलेका युवाले मौलिका विर्षेकोमा जेष्ठ नागरिकले चिन्ता व्यक्त गरेका छन् । 
हाम्रो पुरानौ देउसी त कसैले सुन्दैनन् ,हामीले खेल्न लागेको ठाउँमा ठूला स्पिकर ल्याएर वजाउँछन अनि हामी त्यसै खिन्न हुन्छौ, दोलखा सुनखानीका ८३ वर्षका विष्णुकान्त शिवाकोटीको दुखेसो छ । 
दोलखा डान्स कृयुका युवा र जेष्ठ नागरिक वीच देउसी कार्यक्रमको आयोजना गरिएको थियो । जेष्ठ नागरिकको मौलिक देउसी सुनिरहेका दोलखाका डान्स कृयुका युवाले अवको वर्षदेखि मौलिक देउसीका लागि प्रयास गर्ने धारणा राखेका छन् ।
देउसी भैलो खेल्दा रेडियोले प्रदान गरेको दानले सरदमुकाम चरीकोटमा जेष्ठ नागरिकहरुले सञ्चालन गरेको खानेपानीको ट्याङकी मर्मत गर्ने प्रतिवद्धता जनाएका छन् । रेडियोले स्थापना काल देखी नै जेष्ठ नागरिकको हकहितको क्षेत्रमा आवाज उठाउँदै आएको छ । प्रत्येक वर्ष तिहारमा देउसी भैलो कार्यक्रमको आयोजना गर्दै आएको रेडियोले वताएको छ । वर्षभरी मनाइने चाडपर्वको सन्दर्भमा जेष्ठ नागरिकका अनुभव सङकलन गर्दै पर्व विशेष कार्यक्रममा प्रशारण गर्दै आएको छ भने करिब ११ वर्षदेखि ६० वर्ष पूरा भएका जेष्ठ नागरिकसंग साप्ताहिक कार्यक्रम सम्झनाको चौतारीमा उत्पादन तथा प्रशारण गर्दै आएको छ । हालसम्म ४ सयभन्दा वढी जेष्ठ नागरिकसंग कुराकानी गरिसकेको. छ ।

 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका