भीमेश्वर बहुउदेश्यीय सहकारी संस्थाको २३ औँ स्थापना दिवस सम्पन्न

 

दोलखाको तामाकोसी गाउँपालिका वडा नम्बर १ मा रहेको भीमेश्वर बहुउदेश्यीय सहकारी संस्थाको २३ औँ स्थापना दिवस बिहिवार सम्पन्न भएको छ ।
संस्थाको २३ र्आँै स्थापना दिवसको उद्धघाटन गर्नुहुँदै नेकपा प्रदेश नम्बर ३ का सचिव आन्नद प्रसाद पोखरेलले गरीवी निबारणको लागि स्थानीय तहले जुन लक्ष्यका साथ काम गरीरहेको छ त्यो लक्ष्यलाई पुरा गर्न सक्ने सहकारी भएको बताउनुभयो । पोखरेलले अब आर्थिक सम्बृद्धिका लागि स्थानीय तहले सहकारी संस्थालाई परिचालन गर्नुपर्ने बताउनुभयो । गाँउ तह विकासको लागि पक्ष र विपक्ष नहुने भन्दै उहाँले आर्थिक बृद्धिका लागि स्थानीय तहका जनप्रतिनीधीको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । साथै भीमेश्वर सहकारी संस्थाले अहिले तामाकोसी गाँउपालिका वडा नम्बर १ माझि बस्तीमा दाना उद्योग संञ्चालनको लागि जुन लक्ष्यका साथ अघि बढेको छ यसमा स्थानीय सरकार सहकारी र शेयर सदस्य सबैलाई फाइदा हुने बताउनुभयो ।

 

संस्थाका अध्यक्ष श्यामकाजि कटुवालले संस्थामा २०७५ सालको असोज मसान्त सम्म शेयर पुँजी १७ करोड ३९ लाख ६६ हजार रहेको जानकारी दिनुभयो । संस्थाका अध्यक्ष श्यामकाजि कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा प्रदेश नम्बर ३ का सचिव आन्नद प्रसाद पोखरेल, बैतेश्वर गाउँपालिकाका उपप्रमुख रविचन्द्र आचार्य, नेकपाका नेता शिवप्रसाद भण्डारी, तामाकोशी गाउँपालिका वडा नम्बर १ भीरकोटका वडा अध्यक्ष महेश काफ्ले, जिल्ला बचत तथा ऋण सहकारी संस्था दोलखाका  अध्यक्ष जिवसराज खड्का, उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की लगाएतले मन्तव्य राख्नुभएको थियो । संस्थाले आफ्नो स्थापना दिवसको अवसर पारेर पत्रकार महासघ दोलखाको भवन निमार्णको लागि नगद १० हजार रुपैपा समेत प्रदान गरेको छ । संस्थामा हाल महिला ३ हजार १८ पुरुष २ हजार ६ सय ७ र बालबचत कर्ता २ हजार १ सय २७ जना गरि ७ हजार ८ सय ५६ जना शेयर सदस्य रहेका छन् भने सहकारिले तामाकोसी, बैतेश्वर गाउँपालिकाको केहि भाग सहित मेलुङ र शैलुङ गाउँपालिकालाई समेत आफ्नो कार्यक्षेत्र बनाएको छ । संस्थाले हाल शेयर सदस्यहरुलाई सदस्य सुरक्षा कोष सेवा, मनि ट्रान्सफर सेवा, सदस्यहरुलाई शिक्षा तालिम, लघु वित्त सेवा, विद्यालयका गरीव तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति वितरण, कृषि पशु पंक्षिपालन तथा उत्पादन, ऋण लगानी लगाएतका सेवा प्रदान गर्दे आएको छ । संस्थाले गाँउपालिकाको वडा नम्बर १ माझि गाँउमा २१ रोपणी जग्गामा दाना उद्योग संञ्चालन गर्ने तयारी गरेको छ । 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित