८० वर्षीय जेष्ठ नागरिकको जीवनका भोगाई सङग्रह सार्वजनिक 

 

दोलखा तामाकोशी गाउँपालिका वडा नम्वर २ झुलेका  ८० वर्षीय जेष्ठ नागरिक प्रेम बहादुर कार्कीको जीवनका भोगाई,अनुभुति र रचना नामक सङग्रह एक कार्यक्रममा वीच चरिकोटमा सार्वजनिक गरिएको छ ।
तत्कालीन झुले गाविसमा विंस  १९९६मा बुबा कुलदीप कार्की र आमा व्रदिमाया कार्की कोखबाट कान्छो छोराको रुपमा जन्मिनु भएका कार्कीले लेख्नु भएको उक्त पुस्तक कार्कीका जन्म दिनको अवसर पारेर कवि एवं साहित्यकार विष्णु सुवेदीले सार्वजनिक गर्नुभएको हो । कार्कीले लेख्नु भएको पुस्तकमा जीवनको भोगााई,भुकम्प पीडितको अनुभव, नेपालको संविधानमा जेष्ठ नागरिकहरुको हक  अधिकार, निर्वाचनका गतिविधि, केपी शर्मा ओली प्रधानमन्त्री भएपछि जेष्ठ नागरिकको खुुसी, गरीबले  जीवनमा  भोग्नु परेको पीडा,महिलाहरुको हक  अधिकार,जेष्ठ र अपाङ्गता भएका व्यक्तिहरुको सरकारसँग गुनासो,२०७४ सालको निर्वाचन जितेका नेता लगायतको विषयमा पुस्तकमा उल्लेख गरिएको छ । 
रेडियो शैलुङ सामुदायिक एफएम ९२ थोप्लो ७ मेर्गाहजको संयोजनमा भएको पुस्तक विमोचन कार्यक्रममा वोल्नुहुदैँ कार्कीले आफुले रेडियो शैलुङका विभिन्न कार्यक्रममा वाचन गरेको रचनाहरुको दस्तावेजीकरण  गरेको वताउनुभयो ।
 ८६ वर्र्षीय जेष्ठ नागरिक तेज बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कवि एवं कार्यक्रमका प्रमुख अथिति विष्णु सुवेदीले दोलखाको साहित्य विकासमा जेष्ठ नागरिक कार्कींको कृतिले सहयोग पुगेको धारणा राख्नुभयो । दोलखाका जेष्ठ दिमागको सोचको खुलेर प्रसंसा गर्दै दोलखाका अग्रज पत्रकार राजेन्द्र मानन्धरले जेष्ठ नागरिकको विषयमा राज्य र स्थानीय तहले सोच्नु पर्ने धारणा राख्नुभयो ।  
कार्यक्रममा रेडियो शैलुङ सञ्चालक समिति सचिव अर्जुन कार्की ,उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्द्रर कार्की, गजलकार जीत कार्की,नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष जीवन लामा,आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की,जिल्ला समन्वय समिति दोलखाका विक्रम कार्की लगायतका  दोलखाका पत्रकार र जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो  । 
 समाजसुधारको क्षेत्रमा समेत काम गर्ने जेष्ठ नागरिक कार्कीले अमर माध्यमिक विद्यालय झुलेमा गरिव,असहाय,जेहेन्दार विद्यार्थीको लागि छात्रवृत्ती,किरियापुत्रीको भवन,छौडे प्रहरी चौकीलाई सहयोग,जफे वडा नं ८ मा शीवजीको मन्दिरमा सहयोग लगायतका सामाजिक काम गर्दै आउनु भएका कार्कीले दोलखा सदरमुकाम चरिकोटको सातदोवाटोमा जेष्ठ नागरिकको पहलमा खानेपानीको व्यवस्था गर्नुभएको छ । 
समय सान्दर्भिक विषयवस्तु र राजनैतिक घटनाक्रमलाई विषयवस्तु वनाएर तत्क्षण नवीन विषयमा विभिन्न सिर्जना गर्दै रेडियोमा ल्याएर प्रशारण गर्न मन पराउने कार्कीले विगत ६ वर्षदेखि रचना गर्नुभएको अनुभूति र अनुभवको सङग्रह सार्वजनिक गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित