तामाकोसीको सेयर बाँडफाँड

दोलखा/माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आयोजना स्थल दोलखा जिल्ला वासिको लागि आव्हान गरेको एक सय दरका एक करोड, पाँच लाख ९० हजार कित्ता सेयर बुधवार बाँडफाँड गरेको छ ।
नागरिक लगानी कोषको निष्काशन तथा बिक्रि प्रबन्धकत्व, सनराईज क्यापीटल लिमिटेडको सह निष्काशन तथा बिक्रि प्रबनधकत्वमा आव्हान गरिएको एक करोड, पाँच लाख ९० हजार कित्ता सेयर मध्य बुधवार एक करोड, ५८ लाख ८ हजार ४ सय २ कित्ता सेयर बाँडफाँड गरिएको छ । https://charnawatipost.com/wp-content/uploads/2018/10/20171119_115508-300x225.jpg
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट प्रभावितको हिसाबले जिल्लालाई तीन बर्गमा विभाजन गरी सेयरको बाँडफाँड गरिएको थियो । जस अनुसार अतिप्रभावित क बर्गमा पर्ने ५ हजार ५० जनाले १३ लाख ८८ हजार ३ सय कित्ता सेयरको लागि आवेदन दिएकोमा ३० कित्तादेखि एक सय कित्तासम्म सेयर माग गर्नेलाई माग गरे बमोजिमनै र एक सय १० कित्ता देखि तीन सय कित्तासम्म सेयर माग गर्नेलाई एक सय दुई कित्ता सेयर परेको आयोजनाका प्रवत्ता डा गणेश न्यौपानेले बताए । जस अनुसार क बर्गमा पर्ने दोलखालीको लागि ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर बाँडफाँड भएको छ ।
त्यसैगरी आयोजनाबाट प्रभावित ख बर्गमा पर्ने ८१ हजार २ सय ३७ जनाले एक करोड २७ लाख ८१ हजार दुई सय ९० कित्ता सेयरको लागि आवेदन दिएकोमा ३० देखि ४० कित्ता सेयर माग गर्नेलाई माग गरे बमोजिम नै र ५० देखि तीन सय कित्तासम्म सेयर माग गर्ने आवेदकलाई ४८ कित्ता सेयर परेको आयोजनाले जनाएको छ । जस अनुसार ख बर्गमा पर्ने दोलखालीको लागि ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँड भएको छ ।
त्यसैगरी अन्य दोलखालीमा पर्ने ग बर्गका एक करोड, ८९ लाख ९ सय २३ जनाले दुई करोड, ३५ लाख ४२ हजार, तीन सय ७० कित्ता सेयरको लागि आवेदन दिएकोमा ३० कित्ता सेयर माग गर्नेलाई माग बमोजिमनै, ४० कित्ता सेयर माग गर्ने आवेदकलाई ३२ कित्ता र ५० देखि तीन सय कित्ता सेयर माग गर्ने आवेदकलाई ३४ कित्ता सेयर परेको जनाईएको छ । जस अनुसार ग बर्गमा पर्ने दोलखालीको लागि ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बाँडफाँड भएको छ ।
यसरी बाँडफाँड गरेर बाँकी रहेको एक हजार ५ सय ९८ कित्ता सेयर भने अति प्रभावित क बर्गका तीन सय कित्ताको लागि आवेदन दिने ४ हजार एक सय ८६ जना आवेदकहरुलाई गोलाप्रथा बाट थप एक कित्ता सेयर बाँडफाँड गरिएको निष्काशन तथा बिक्रि प्रबन्धकत्व नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकत्व सनराईज क्यापीटल लिमिटेडले जनाएको छ ।
उल्लेखित सेयरहरु तीन बर्गमा बिभाजन गरिएको दोलखा जिल्ला वासिलाई ३, १.४ र १ को अनुपातमा बाँडफाँड गरिएको पनि निष्काशन तथा बिक्रि प्रबन्धकत्व नागरिक लगानी कोष र सह निष्काशन तथा बिक्रि प्रबन्धकत्व सनराईज क्यापीटल लिमिटेडले जनाएको छ ।

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा