दोलखाका भुकम्पप्रभावित  धमाधम  पहिलो किस्ता अनुदान फिर्ता गर्दै । 

 

दोलखाका ३ जना भुकम्प प्रभावित लाभग्राहीले सरकारबाट लिएको अनुदान रकम फिर्ता गरेका छन् । राज्यको रकम दुरुपयोग गर्न नहुने भन्दै  भिरकोटका ज्ञान बहादुर कार्की,मेलुङ गाउँपालिका वडा नम्वर ३ घ्याङसुकाठोरका खड्गबहादुर तामाङ र काभ्रेका टिका प्रसाद लामिछानेले अनुदान रकम फिर्ता गरेका हुन् ।। उनीहरुले जिल्ला समन्वय समितिको पुर्ननिर्माण कार्यालयमा नै पुगेर भुकम्प पछि लाभग्राहिको सुचिमा नाम आएपनि सरकारले दिएको पहिलो किस्ता ५० हजार फिर्ता गरेका हुन् । भिरकोटका कार्कीले काठमाण्र्डाैँमा घर भएका कारण रकम फिर्ता गरे भने साविकको काभ्रे गाविस र लामावगर गाविसमा छुट्टा –छुट्टै नाम आएको भन्दै काभ्रेका टिका प्रसाद लामिछाने लामाबगरको ५० हजार रकम फिर्ता गरे । यस्तै घ्याङसुकाठोरका तामाङले भने आफै प्रभावित हुदै हुदै पनि सरकारको अनुदानले घर वनाउन नपुग्ने भन्दै पहिलो किस्ता ५० हजार  अनुदान रकम फिर्ता गरेको जिल्ला समन्वय समिति पुर्ननिर्माण कार्यालय दोलखाका टिका जोशीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित