दोलखा शैलुङका एक बालक ८ वर्षदेखि खोरमा ।

 

दोलखा शैलुङका एक बालक ८ वर्षदेखि गाइवस्तुजस्तै  वाँधिएर जीवन विताइरहेका छन् । शैलुङ गाउँपालिका ८ चिलाउनेखर्क निवासी १३ वर्षीय सुव्वा तमाङ बाख्रा वाध्नका लागि वनाइएको खोरमा ८ वर्षदेखि वाधिएका छन् । बोल्ःन र पुर्ण ?पमा हिड्न नसक्ने तमाङलाई स्याहार गर्ने फुर्सद नभएका कारण दाम्लोमा वाँधेर राख्नु परेको आमा सिता तमाङको भनाई रहेको छ ।
जन्मदा स्वस्थ जन्मिएका सुव्वाको विरामी भएकै कारण शरीरका अङग नचल्ने र वोल्न नसक्ने भएपछि २०६६ सालदेखि दाम्लोमा वाधेर राख्ने गरेको परिवारले जनाएको छ । जेठो सन्तानको ?पमा जन्मिएका सुव्बा जन्मदा निक्कै फुर्तिला र चलाख भएपनि ४ वर्षको उमेरमा अप्रत्यासित रोगका कारण अपाङ भएको वताइएको छ । एक्कासी वोल्न र शरीर चलाउन नसकेपछि गाउँमै धामी झाँक्री र अस्पतालसम्म लगियो तर सुव्वालाई ठिक भएन । अहिले बालकको स्याहार गर्ने फुर्सद कसैलाई नभएपछि खोरमा वाँधेर काम गर्नु परेको परिवारको भनाई छ ।
कान सुन्न सक्ने तर वोली फर्काउन नसक्ने बालक घुँडा खूम्च्याएर हात टेकेर यताउता गरेपनि सपाङगको जसरी उठेर हिडन सक्दैनन् ।  निम्न वर्गीय परिवार भएका तमाङका २ मात्र सन्तान मध्ये एक छोरा पुर्ण अपाङग भएपछि परिवारमा चिन्ता थपिएको छ । राम्रो अस्पताल लगेर उपचार गराउन नसकेपछि खोरमा वाध्नुको विकल्प नभएको आमा सिताको गुनासो छ ।  
हेर्ने मान्छे मात्र भएको बेलामा खुल्ला छोडिदिए पनि मेलापात गर्न जाँदा र घर छोडेर जाँदा बाख्रासँगै खोरमा बाँधेर जाने गरेका छौ ।उपचारको लागि परिवारले सक्दो प्रयास पनि गरेका छन् । आफूसँग उपचार गर्ने पैसा नहुँदापनि ऋण गरेर पनि उपचार गरेपनि निको नभएपछि तामाङको परिवार चिन्तामा परेका छन् । सुब्बाको आमा सिताले भनीन्, ‘हाम्रो आम्दानी र कमाइको कुनै स्थायी स्रोत छैन, श्रीमान मजदुरी गर्नुहुन्छ त्यो कमाइ नून तेलमै ठिक्क हुन्छ, । खेतवारी पनि धेरै छैन, आफन्त र छिमेकीसँग ऋण र सापटी लिएर उपचारमै खर्च गरिसक्यौँ तर पनि सुब्बालाई निको पार्न सकिएन । अस्पतालको औषधी र उपचारले केही प्रगति नभएपछि आमाले आफूले थाहा पाएजतिको देवीदेउताको मन्दिरमा लगेर भाकलसहित पुजापाठ पनि गरिसकेको बताइन । तर सुब्बालाई निको हुने कुनै छाटकाँट नभएपछि घरमै बाँधेर राख्नुभन्दा त ब? यस्तै बालबच्चाहरू राख्ने ठाउँ भए त्यही लगेर राख्ने थियौ आमाको भनाइ छ । उनले भनिन, ‘आफ्नै छोरालाई आफ्नै हातले खोरमा बाँधेर यताउती हिड्न पर्दा कम्ता नरमाइलो लाग्दैन, के गर्नु बाध्यता छ, कुनै त्यस्तो संघसस्था र विद्यालय भएमा त्यही लगेर राख्ने विचार त छ तर आफूलाई त्यस बारेमा केही थाहा नभएको बताए । अपाङ्गता परिचयपत्र बनाउनको लागि सरदमुकाम चरिकोटसम्म ल्याए अनि पुर्ण असक्तताको कार्ड वनेन । राज्यले दिने सुविधा समेत पाउन नसकेका बालक अहिले खोरमा धुनिएर वसेका छन् 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित