दोलखामा पनि स्थानीय तह र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षरसहित ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रम सञ्चालन

नेपाल प्रहरीले देशभर रुपमा‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रम सञ्चालन गरेको छ । स्थानीय तह,विद्यालय,अभिभावक र प्रहरीबीच साझेदारीका लागि स्थानीय सरकार र प्रहरीबीच समझदारी पत्रमा हस्ताक्षर गरेर दोलखामा पनि एक वृहत कार्यक्रमकाबीच  विधिवत रुपमा कार्यक्रम शुरु गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख प्रहरीनायव उपरीक्षक वासुदेव पाठक र कालिञ्चोक गाउँपालिका प्रमुख विन कुमार थामीले समझदारी पत्रमा हस्ताक्षर गरेर साझेदारी कार्यक्रमको शुरुवात भएको छ ।  

‘हर प्रहर, गाउँ र नगरी, टोल –टोलमा नेपाल प्रहरी”भन्ने नाराका साथ स्थानीय तह,समुदाय,सामाजिक संस्था र विद्यालयसँगको साझेदारीमा केन्द्र देखि स्थानीय तह र विद्यालय सम्म एकैपटक सञ्चालन गरिने उ्रक्त अभियान दोलखामा पनि सुरु गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बासुपाठकले जानकारी दिनुभयो ।
प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक पाठकका अनुसार अपराध पछिको कानुनी कार्वाही भन्दा अपराधन हुन नै नदिन स्थानीय सरकार र विद्यालयमा शिक्षक तथा विद्यार्थीसँग मिलेर कार्यक्रम गरिने छ । यसका लागि सामाजिक संघसंस्था, विद्यार्थी, शिक्षक, प्रहरी र अभिभावक संलग्न हुने छन् । । अभियानको जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले एक कार्यक्रका विच उद्घाटन गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बासुदेव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपमेयर कमला बस्नेत,प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले यसअघि प्रहरीले सञ्चान गरेको ‘प्रहरी मेरो साथी,‘मुस्कान सहितको सेवा’ लगायत कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन भएको भन्दै यसलाई अझै प्रभावकारी वनाउन सवैको सहयोग आवश्यक पर्ने वताउनु भएको छ ।  कार्यक्रमको अवसरमा प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको संयोजकत्वमा जिल्ला स्तरीय समिति समेत गठन गरिएको छ । समितिको सह संयोजक प्रहरी प्रमुख बासुदेव पाठक, प्रमुख सल्लाहाकारहरुमा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे,भीमेश्वर नगरपालीका मेयर भरत केसी रहनु भएको छ भने सदस्य सचिव सामुदायिक सम्पर्क अधिकृत र जिल्लामा रहेका नेपाल पत्रकार महासंघ,जिल्ला शिक्षा विकास तथा समन्वय इकाई,आवाज नेपाल,सिविन नेपाल लगायत विषय मिल्ने र सरोकार राख्ने विभिन्न संघ संस्थाहरु सदस्य रहेका छन् ।यस्तै नगरपालिका र गाउँपालिका स्तरीय समिति पनि निर्माण गर्दै जाने वताइएको छ 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका