अन्तराष्ट्रिय समन्वय समाज दोलखाको अध्यक्षमा दिपेन्द्र अधिकारी

 

 

अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिवेशन सदरमुकाम चरिकोटमा सम्पन्न भएको छ । स्वदेश मै रोजगार स्वदेशी शान, सम्बृद्ध दोलखा हाम्रो अभियान” भन्ने मुल नाराका साथ भएको अधिवेशनको उद्घाटन जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेले गर्नु भएको थियो । दोलखाबाट वैदेशिक रोजगारको शिलशिलामा विश्वका विभिन्न भुगोलमा छरिएर रहेका दोलखालीहरुको साझा तथा छाता संगठन अन्तराष्ट्रिय समन्वय समाजको प्रथम अधिवेशनले संस्थाका आजीवन ३८ र साधारण ११ गरि ४९ जना सदस्यहरुलाई सम्मान गरेको छ ।

  अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम जिल्ला अधिवेशनले दिपेन्द्र अधिकारीको नेतृत्वमा २१ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । सदरमुकाम चरिकोटमा शनिवार सम्पन्न अधिवेशनले दोलखाको बैतेस्वर गाउँपालिका  वडा नम्वर ८ क्षेत्रपाका  अधिकारीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुनु भएको छ । यसअघि अन्तराष्ट्रिय समन्वय समाज दोलखाको बरिष्ठ उपाध्यक्ष रहनु भएको अधिकारी बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरियामा रहेको दोलखाली समाज दक्षिण कोरियाको अध्यक्ष भएर सामाजिक कार्यमा सक्रिय रहदै आउनु भएको छ । समाजको बरिष्ठ उपाध्यक्षमा बिजय दुलाल,प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ, द्धितीय उपाध्यक्षमा मोहन श्रेष्ठ र महासचिवमा नितेशकुमार थामी चयन भएका हुनु भएको छ भने सचिवमा सुमन शर्मा,सह सचिवमा राधिका रिमाल र सदस्यहरुमा एक्का श्रेष्ठ, रुपिना खड्का लगायत चयन भएका छन् । तृतीय उपाध्यक्ष, कोषाध्यक्ष र सह कोषाध्यक्ष भने पछि मनोनित गर्ने समन्वय समाजले जनाएको छ । समाजका अध्यक्ष हरि खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेत, सामुदायिक रेडियो प्रसारक सँघका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासँघ दोलखा शाखाका अध्यक्ष जीवन लामा, आवाज नेपाल दोलखाकी अध्यक्ष सिर्जना कार्की,पत्रकार गोकर्ण भण्डारी,बैतेस्वर युवा सञ्जालका अध्यक्ष पुस्कर अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका