दीपज्योति समाज सुधार संघ सुन्द्रावती दोलखाको २४ औ वार्षिक साधारण सभा सम्पन्न

दीपज्योति समाज सुधार संघ सुन्द्रावती दोलखाको २४ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष केशव प्रसाद सेढाइको अध्यक्षतामा भएको कार्यक्रम सस्थाका सचिव प्रमिला सेढाइले सागठनिक र कोषाध्यक्ष चिन्तामणि मैनालीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको  थियो । 
कालिञ्चोक गाउँपालिका अध्यक्ष विन कुमार थामीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमलाई सम्वोधन गर्दै पालिका अध्यक्ष थामीले घर घरबाट सुधारको अभियान शुरु गर्न सुझाव दिनुभयो । प्रत्येक व्यक्तीमा सकारात्मक सोचको विकास अपरिहार्य रहेको भन्दै आर्थिक उपार्जनलाई पहिलो प्राथमिकतामा राखेर संस्थाले काम गर्नु पर्ने कुरामा जोड दिनुभयो । सामाजिक विकास सवैको मुल लक्ष्य भएको भन्दै गाउँपालिकासंग सहकार्य गरेर काम गर्न समेत सुझाव दिनुभएको छ । 
यसैवीच साधारण सभालाईं सम्वोधन गर्दै कालिञ्चोक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण हुमागाईले असल कामका लागि संस्थासंग सहकार्य गरेर अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा दिपज्योति समाज सुधारसंघका पूर्व अध्यक्ष इश्वरी प्रसाद दहाल,कार्यसमिति सदस्य एवं सस्थापक सचिव नारायण प्रसाद सेढाई,सस्थाका सन्तोष प्रसाद मैनाली लगायतले विचार व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सस्थालाई जग्गा प्रदान गर्ने जग्गादाता,सस्थाका सस्थापक,आजीवन र साधारण सदस्य लगायत अन्य विभिन्न संघसस्थाका पदाधिकारीको सहभागिता रहको थियो ।
विस २०५२ सालमा साविक सुन्द्रावती वडा न ं २ स्थीत टोल सुधार गर्ने उद्धेश्यले स्थापना भएको दीपज्योति समाज सुधार संघ हाल जिल्लाभर कार्यक्षेत्र वनाएर काम गरिरहेको छ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि गैरसरकारी संघसस्थासंगको समन्वय तथा सहकार्यमा शिक्षा,स्वास्थ्य,खानेपानी,बातावारण संरक्षण,उद्यम व्यवसाय प्रवद्र्धन लगायतका क्षेत्रमा जिल्लाभर काम गर्दै आएको छ । 
यसैवीच कालिञ्चोक गाउँपालिका वडा न ९ स्थित थुम्कामा आप्नै वहुउद्धेश्यीय भवन निर्माण गरिरहेको छ । हाल ८ कोठे पक्की भवनको दोस्रो ढलान सम्पन्न भएको छ भने विभिन्न व्यक्ती तथा संस्थाले भवन निर्माण अभियानलाई सहयोग गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते

दोलखाको मालुमा जन्ती चढेको बस दुर्घटना हुँदा ३५ जना घाइते भएका छन् । तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका दीपक मिजारको विवाहको जन्ती लिएर सिन्धुली

हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन

मदन भण्डारी स्पोर्ट एकेडेमी चरिकोट दोलखाको जिल्ला भेलाले हिरा कुमार थोकरको अध्यक्षतामा ५१ सदस्यीय मदन भण्डारी स्पोर्ट एकेडेमी दोलखा गठन गरेको छ ।

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला सुरु

दोलखाको तामाकोशी गाउँपालिका वडा नम्वर ३ जफे स्वाथ्यचौकीमा आईतबारबाट प्रयोगशाला (ल्याव) सुरु भएको छ ।  प्रयोगशालाको उद्घाटन तामाकोशी गाउँपालिकाका