वडा अध्यक्षको दादागिरी


शिव ढुगाना ओखलढुंगा
मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ६ थाक्लेका वडा अध्यक्ष हेमराज राईले सर्वसाधारण र पेट्रोल पम्प सञ्चालकमाथि कुटपीट गरेका छन् । मादक पदार्थ सेवन गरेर सर्वसाधारणमाथि हातपात गर्दा राई प्रहरी खोरमा पुगेका छन् । मापसे गरेर अर्पण आयल हर्कपुरका सञ्चालक र स्थानीय युवा ठाकुर अधिकारीमाथि आक्रमण गरेपछि राई प्रहरी खोरमा पुगेका हुन् । शनिबार राति मातेर पेट्रोल पम्पमा पुगेका राईले हातपात गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मासपे गरेर आयल स्टोरमै पुगी डाङडाङ डुङडुङ गरेकाले पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख अनन्तराम शर्माले बताउनुभयो । अनुसन्धान गरेर सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा चलाइने उहाँको भनाइ छ । शर्माले जिम्मेवार व्यक्ति नै झपड उत्रिएपछि कानुनी कारवाही गर्नु परेको दावी गर्नुभयो । स्थानीय तहको चुनाव अघिसम्म राईले यातायात क्षत्रेमा गुण्डागर्दी गर्दै आएको स्थानीयको आरोप छ । वडा अध्यक्षबाटै असुरक्षित हुने अवस्था आएको पीडित पक्षले गुनासो गरेको छ । घटनापछि प्रहरीले हर्कपुरबाट राईलाई पक्राउ गरेको थियो ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित