६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

 

६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने मुलनाराका साथ मनाईएको प्रहरी दिवसको अवसरमा जिल्लामा कार्यरत ३ सय १ जना प्रहरी मध्ये उत्कुष्ठ काम गर्ने प्रहरी निरिक्षकहरु माधव काफ्ले, नरेशराज मल्ल, ज्ञान बहादुर तमाङ, सहायक प्रहरी निरिक्षकहरु बहुमतसिंह बस्नेत, तिलक बहादुर गौतम, अमृत तमाङ, प्रहरी हवल्दारहरु प्रणय कुमार यादव, बल बहादुर माझि, गोपी तमाङ, श्री कृष्ण थापा, प्रेम बहादुर भण्डारी, बसन्त रिजाल, यम बहादुर लुंगेली, टंक बहादुर भण्डारी, उद्धव भण्डारी र प्रहरी जवानहरु रविन कापर, चुडामणि न्यौपाने, उर्मीला बुढाथोकी र तुलसा माझि सम्मान हुनुभएको हो । त्यसैगरी दिवसको अवसरमा प्रहरीको कामलाई सहयोग गर्नु हुने आवाज नेपाल दोलखाका अध्यक्ष सिर्जना कार्की, जनसचेन बचत तथा ऋण  सहकारी  संस्था वैतेश्वर गाउँपालिका र समाजसेवी ऋषि न्यौपाने, देवि बहादुर बस्नेतलाई समेत कदर पत्र प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरिक्षक बासुदेव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डे, भीमेश्वर नगरपालीकाका प्रमुख भरत केसी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, पुर्व प्रहरी संगठनका अध्यक्ष हेम बहादुर खड्का  र प्रहरी निरिक्षक माधव काफ्लेले नेपाल प्रहरीले गरेको कामको बारेमा चर्चा गर्नुभएको थियो ।

 

 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम

बृद्धभत्ताले दशैँकामुखमाभीनपाका ज्येष्ठ नागरिकलाई सास्ती

शरद सापकोटा २४ असोज दशैँको मुखमाभीमेश्वर नगरपालिकाका सामाजिक सुरक्षाभत्तालिने सेवाग्राही ज्येष्ठ नागरिक, विधवातथाअपाङ्गहरुले सास्तीभोगिरहेका