मदन भण्डारी फाउण्डेशन दोलखाले आज घटस्थापनाको दिन पारेर बडा दशैँ लगायतका पर्वको औपचारिक स्वागत,शुभकामना एवं चियापान कार्यक्रमको आयोजना


असोज २४
मदन भण्डारी फाउण्डेशन दोलखाले घटस्थापनाको दिन पारेर बडा दशैँ र शुभ दिपावली २०७५ को औपचारिक स्वागत गरेको छ । चियापान सहित शुभकामना आदान प्रदान कार्यक्रममा नेता मदन भण्डारीले राष्ट्रका लागि गर्नुभएको योगदान, जनताको बहुदलीय जनवाद र यसले नेपाली समाजमा पारेको प्रभावका सन्दर्भमा चर्चा गरिएको फाउण्डेशनका सचिव रोहित खड्काले जानकारी दिनुभयो ।

 फाउण्डेशन दोलखाका अध्यक्ष गोपाल न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दोलखाका नेता गोपाल पाण्डेले मुलुकलाई सम्वृद्धिको बाटो तर्फ लैजान सवैको सकारात्मक सोचको विकास होस भन्दै सवै चाडको शुभकामना दिनुभयो ।  यसैवीच दोलखाका अग्रज पत्रकार राजेन्द्र मानन्धरले नेता मदन भण्डारीले राष्ट निर्माणका लागि गर्नुभएको योगदानको कदर गर्दै मदन भण्डारीको विचारलाई विभाजन गरेर हेर्न नहुने धारणा राख्नुभयो । वर्तमान समयमा सवै ठाउँवाट सरकारको आलोचना र कार्यकर्तामा समेत निरासको अवस्था रहेको भन्दै नेपालीहरको महान पर्वलेृ जनतालाई आशा र उत्साह जगाउने काम गरोस भन्दै शुभ कामना व्यक्त गर्नुभयो । यसैवीच मदन भण्डारी फाउण्डेशन दोलखाका कोषाध्यक्ष एवं भिमेश्वर नगर उपप्रमुख कमला वस्नेत,नेपाली काग्रेस दोलखाका सचिव सन्तोष रिमाल लगायतले विजया दशमी,शुभ दिपावली,नेपाल संवत तथा छठ पर्वको शुभकामना दिदै मुलुक सम्वृद्धिको वाटो तर्फ लैजान सवैमा सकारात्मक सोचको विकासका लागि  शुभ कामना दिनुभयो । कार्यक्रममा नेकपाका नेता कार्यकर्ता,विभिन्न राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि,सरकारी एवं गैरसरकारी संघसस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम