तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु आर्थिक बर्ष ०७५÷०७६ को बजेट तथा कार्यक्रमको बारेमा समेत समिक्षा एवं छलफल भएको थियो ।


तामाकोशी गाँउपालिकाको आयोजना तथा रेडियो शैलुङको संयोजनमा भएको सार्वजनिक सुनुवाई कार्यक्रमका सहभागीहरुले उद्यमी सिर्जना गर्ने गाउँपालिकाको निति तथा कार्यक्रमका विषयमा जिज्ञासा राखेका थिए । कृषि पशु लगायतका क्षेत्रमा विनियोजन बजेट कार्यान्वयन हुन नसक्नुका कारण, युवाहरुका लागि रोजगारी सिर्जना गर्ने जस्ता प्रश्न गरेका थिए । कार्यक्रममा गाँउपालिकाका स्थानीय संघ संस्थाका प्रतिनिधि, शिक्षक, बुद्धिजिवि, सर्वसाधारणले राखेको जिज्ञासाको जवाफ दिनुहुँदै गाँउपालिकाका प्रमुख इश्वरचन्द्र पोखरेलले गत बर्ष बिभिन्न कारण गाँउपालिकाले सबै शीर्षकमा बजेट खर्च गर्न नसके पनि चालु आर्थिक बर्षमा शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा अभियान, पर्यटन, कृषि, वातावरण, सडक निर्माण, लक्षित बर्ग तथा स्तरोन्नति लगायतका शिर्षकमा बजेट विनियोजन गरेकोलेले अब रोकिएका कामले गति लिने बताउनुभयो । गाँउपालिका प्रमुख पोखरेलले तामाकोशी गाँउपालिकाको विकास र समृद्धिको लागि पालिका भित्र रहेका राजनीतिक दल, स्थानीय संघ संस्था, शिक्षक, बुद्धिजिवि, सर्वसाधारण सबैले सहयोग गर्नु पर्नेमा समेत जोड दिनुभयो ।


गाँउपालिका उपप्रमुख एवं स्थानीय न्यायिक समितिका संयोजक उर्मिला केसीले गाँउपालिकामा दर्ता भएका बिभिन्न उजुरीको छानविन तथा न्याय संगत ढङ्गले त्यसको समाधान गरिएको, महिला, बालबालिका, जेष्ठ नागरिक, दलित, विपन्नको लागि प्राथामिकताका साथ कार्यक्रम सञ्चालन भएको बताउनुभयो । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेलले गाँउपालिकाको कार्ययोजना, कार्यक्रम, करको दायरा, विकास तथा चालु बजेटको अवस्था, सम्पन्न कार्यक्रमको अवस्था, सामाजिक सुरक्षा भत्ता वितरण, स्वास्थ्य शिविर लगाएत गाउँपालिकाले हाल सम्म गरेको कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो ।


गाँउपालिकामा आर्थिक बर्ष ०७४÷०७५ मा विकास तर्फ १६ करोड, ४७ लाख, ९१ हजार पाँच सय १० रुपँैया बजेट प्राप्त भएकोमा चालु आर्थिक बर्ष ०७५÷०७६ मा विकास बजेट १७ करोड, १२ लाख, २० हजार प्राप्त भएको र आन्तरिक आम्दानी १ करोड, ४० लाख रुपँैया हुने अनुमान गरिएको तामाकोशी गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपेश कट्टेलले जानकारी गराउनुभयो । गाँउपालिकालाई प्रदेश तथा केन्द्र सरकारबाट सशर्त अनुदान १६ करोड ५८ लाख ५ हजार प्राप्त भएको पनि प्रमुख प्रशासकीय अधिकृत कट्टेलले जानकारी गराउनुभयो ।


सार्वजनिक सुनवाई कार्यक्रममा नेपाली कांग्रेस दोलखाका जिल्ला कार्य समिति सदस्य एवं तामाकोशी गाँउपालिकाका संयोजक कुमार भुजेल, पूर्व एमालेका प्रतिनिधि पर्शुराम काफ्ले, पूर्व माओवादी केन्द्रका प्रतिनिधि शम्भु फुँयाल, वडा नम्बर ३ का वडा अध्यक्ष रामप्रसाद काफ्ले लगायतले गाँउपालिकाको गतिविधिको बारेमा आआफ्ना सुझाब तथा जिज्ञासा राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम