दोलखाको शैलुङमा भतिजोको हत्या गर्ने काका पक्राउ


असोज १२
दोलखाको शैलुङमा आफ्नै १० बर्षीय भतिजाको हत्या गरेको आरोपमा काका पक्राउ परेका छन् ।
शैलुङ गाउँपालिका वडा नम्बर ८ का १० वर्षिय बालक कुशल विकको हत्या गरेको आरोपमा उनकै २५ वर्षीय काका उमेश विकलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरिक्षक माधव प्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका विकले घटनामा आफ्नो संलग्नता रहेको स्विकार गरेका छन् । रमेश विकका १० वर्षिय छोरा कुशल विक गत भदौ २७ गते तिजको दिनदेखि वेपत्ता थिए । बेपत्ता बालक असोज १० गते भैँसेडाँडास्थित खानेपानीको पाइप गाड्न खनेको खाल्डोमा पुरिएको अवस्थामा मृत फेला परेका थिए ।

 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा