स्थानीय तहको विकासका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण

भदौ ६ दोलखा / प्रदेश तीनका सांसद एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता पशुपती चौलागाँईले स्थानीय तहको विकासका लागि सहकारीहरुको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ । 
दोलखाको बैतेश्वर गाँउपालिका वडा नम्बर ५ मैनापोखरीमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाको २२ आँै स्थापना दिवसको अबसरमा प्रदेश सांसद  चौलागाँईले मुलुक संघिय संरचनामा गएकोले अब स्थानीय तहमा रहेका सहकारी स्थानिय तहको निती नियम र सिद्धान्त अनुसार अघि बढ्नु पर्ने बताउनु भयो । 


संस्थाका अध्यक्ष सिताराम दहालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका अध्यक्ष दहालले संस्थाले गरेका काम, प्रगती बारेमा जानकारी गराउनु भएको थियो । दिवसको अबसरमा संस्थाको कार्य क्षेत्रमा रहेको मावि र आधारभुत विद्यालयमा पढ्दै गरेका गरीब तथा जेहनदार विद्याथीलाई छात्राबृद्धि समेत वितरण गरीएको थियो । कार्यक्रममा जिल्ला बचत संघका अध्यक्ष जिवस राज खड्का, बैतेश्वर गाउपालिकाका उपाध्यक्ष रवि चन्द्र आर्चाय, जिल्ला बचत संघका उपाध्यक्ष तथा जनसचेतन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष भिम प्रसाद दहाल, संस्थाका सचिव राजन दहाल, पत्रकार राजेन्द्र मान्नधर लगाएतले मन्तव्य राख्नु हुदैँ सहकारी संस्थाहरुले अब साना संस्था चलाउने भन्दा पनि ठुला सहकारी संस्था सँग एकिकृत गर्दै जादाँ राम्रो हुने कुरालाई जोड दिनु भएको थियो । संस्थाले सेवा सँग सँगै नाफा पनि कमाउन सक्नु पर्ने बताएका थिए । सहकारीहरुले प्रचार प्रसार  भन्दा पनि अब व्यवस्थापन र राज्यले कल्पना गरेको समाज बाद तथा  उत्पादन मुखी हुनु पर्ने भनाई थियो  ।  जनमुखी बचत तथा ऋण सहकारी संस्थामा हाल १५ हजार ७ सय ३० जना शेयर सदस्य रहेको जनाईएको छ । कार्यक्रममा पत्रकार, संस्थाका संञ्चालक समितीका पदाधिकारी, शेयर सदस्य लगाएतको सहभागिता रहेको थियो । संस्थामा हाल १५ हजार ७ सय ३० जना शेयर सदस्य रहेका छन् । बैतेश्वर गाँउपालिका, भिमेश्वर नगरपालिका,  जिरी नगरपालिका ८ र ९  गौरीशंकर गाँउपालिका १ र २ लाई  कार्यक्षेत्र बनाउदै काम गरीरहेको छ । संस्थामा ६५ करोड ५० लाख कुल पुँजी  रहेको संस्थाले जनाएको छ ।    


 

प्रतिकृया दिनुहोस

 अमेरिकामा रहेका नेपाली बालबालिका द्वारा देउसी खेलेर दोलखाली बालबालिकालाई सहयोग ।

मंसिर २० दोलखा भिमेश्वर नगरपालिका वडा नम्बर ५ स्थित विसुन्टोल आधारभुत विद्यालयका २० जना बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।  अमेरिकाको

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापादवारा विपन्न वालिकालाई सहयोग 

अष्टे«लिया वस्दै आएका दोलखाली युवा विष्णु थापाले विपन्न बालिकालाई सहयोग गर्नुभएको छ ।आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययन गर्न नसकेकी दोलखा

अन्तरसंवाद कार्यक्रम दोलखाको सदरमुकाम चरिकोटमा सम्पन्न

मंसिर १० दोलखा जिल्लामा कार्यरत नागरिक समाजका संस्थाहरुले आन्तरिक सुशासन प्रवद्र्धनका लागि प्रतिवद्धता जनाएका छन् ।   दोलखा सदरमुकाम चरिकोटमा