रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न


भदौ ३१
शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डवल पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि पाण्डेले सञ्चार माध्यमले सही सुचना सम्प्रेषण गरी सम्वृद्धिको महान अभियानमा सहयोग गर्न सञ्चार माध्यमलाई आग्रह गर्नुभयो । 
शैलुङ्ग सञ्चार सहकारी संस्थाको वार्षिक साधारण सभा एवं रेडियो शैलुङ्गको ११ औँ बार्षिक उत्सव कार्यक्रमको  उद्घाटन गर्नुहुँदै प्रमुख पाण्डेले  स्थानीय तहका जनप्रतिनीधीहरुलाई नयाँ रेडियो खोल्ने भन्दा पनि भएका रेडियोहरुलाई टिकाउने तर्फ भुमिका खेल्न समेत सुझाव दिनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै भिमेश्वर नगरपालिकाका प्रमुख भरत केसी,जिरी नगरपालिका प्रमुख टंंक जिरेल, रेडियो प्रशारक संघ अकोराबका केन्द्रिय कोषाध्यक्ष लक्ष्मण खड्का, तामाकोशी गाउँपालीकाका अध्यक्ष इश्वरचन्द्र पोखरेल, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, दोलखा उद्योग बाणिज्य संघ दोलखाका अध्यक्ष सुन्दर कार्की, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाँई, पत्रकार महासंंघ दोलखाका अध्यक्ष जीवन लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै रेडियोको उत्तरोत्तर प्रगतिको कामना गर्नु भएको थियो । शैलुङ सञ्चार सहकारी संस्था तथा रेडियो सञ्चालक समितिका अध्यक्ष शिव भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रेडियो र सहकारीको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा सहकारीका शेयर सदस्य,विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि,विभिन्न सहकारी संघसस्थाका प्रमुख एवं प्रतिनिधि जेष्ठ नागरिक लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण रेडियो शैलुङ सञ्चालक समितिका सदस्य एवं कार्यक्रम संयोजक शरदचन्द्र सापकोटाले गर्नुभएको थियो ।
दुर्गम, ग्रामीण तथा शहरी क्षेत्रका सबै श्रोता र जनतामा सहज सूचनाको पहुँच बढाउने र विशेष गरी पछाडि पारिएका, सीमान्तकृत, वञ्चित समुदायको अधिकारलाई वकालत, चेतना मूलक र सिर्जनात्मक सूचनाको माध्यमबाट विकासको मूल प्रवाहमा ल्याउने उद्धेश्यले २०६५ साल भाद्र ३१ गते तत्कालिन संविधानसभाका सभामुख सुवासचन्द्र नेम्वाङले रेडियो शैलुङ्गको औपचारिक उद्घाटन गर्नुभएको थियो । सोही दिनको स्मरण गर्दै रेडियोले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गरेर वार्षिक उत्सव एवं साधारण सभा गर्दै आएको छ ।
दोलखा जिल्लाका क्रियाशील सामुदायिक संस्थाहरु, विकासप्रेमी तथा सर्वसाधारण जनताको पहल र सामुदायिक लगानीमा२०६५ साल असार २९ भानु जयन्तीका दिनबाट परिक्षणप्रशारण शुरु गरेको रेडियो शैलुङ्गले अहिले नियमित रुपमा सुनुवार, थामी भाषाका  दैनिक१२ वटा समाचार बुलेटीन प्रशारण गर्दै आएको छ । रेडियोले बालबालिका देखि ज्येष्ठ नागरिकलाई समेत समेट्दै कार्यक्रम उत्पादनका साथै प्रशारण गर्दै आएको छ ।
रेडियोको प्रसारण सेवा दोलखा, रामेछाप, सिन्धुली खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु, सिन्धुपाल्चोक र  काभ्रेपलाञ्चोकका अधिकांश  भाग तथा  धनुषा, सर्लाही, सिराहा, महोत्तरी, भक्तपुर, ललितपुर, भोजपुर, संखुवासभा, उदयपुरका विभिन्न भागमा स्पष्ट रुपमा सुन्न सकिन्छ । रेडियोले ऋक्ष्ल् साझा खवर २ वटा,द्यद्यऋ २ वटा राष्ट्रिय तथा स्थानीय बुलेटिन ११ वटा ९थामी, शेर्पा, सुनुवार ०समाचार रिपोट ९हप्ताको २ वटा० स्थानीय पत्रिका खवर ९हप्ताको ७०, जनआवाज २ ख्यहउयउ० दैनिक रुपमा प्रशारण गर्दै आएको छ ।

रेडियोका उपलब्धी
सुचना सम्प्रेषण,समन्वय र सहकार्य गर्न पाउनु प्रमुख उपलब्धि हो ।

जिल्लाका सवै तहका , समुदाय,वर्ग भाषा, उमेर,संस्कार,संस्कृतिको सम्वद्र्धनका लागि सम्वन्धित वर्गको आवाज समेटेर सामग्री उत्पादन तथा प्रशारण गरी रेडियो समुदायको हो भन्ने भावनाको विकास भएको । ।।।

रेडियो नै सुन्न नपाएका समाजका जेष्ठ सदस्यहरु रेडियोमा आएर आपना कुरा राख्न पाउने अवसरको सिर्जना भएको ।

सरकारी तथा गैरसरकारी संघसंस्थाले गरेका कार्यसम्पादनका वारेमा प्रत्यक्ष प्रशारण लगायत विभिन्न सामग्रीहरु प्रशारण पछि जवाफदेहिताको अ्रभ्यासमा सहयोग पुगेको ।।।
  ।।
सामुदायिक पत्रकारिताको माध्यमवाट  रेडियो शैलुङको पहलमा दोलखाका १० बालबालिका सामुदायिक पत्रकारको रुपमा स्थापित गरि नागरिक पत्रकारितामा सहयोग पुगेको ।
 
विनासकारी भुकम्पपछि रेडियोले सञ्चालन गरेको सामुदायिक सेवा केन्द्रको प्रभावले १५ सय वढीले सेवा लिने अवसर प्राप्त गरे । 

रेडियोमा उत्पादित र प्रशारित कार्यक्रम तथा समाचारको प्रभावले न्याय पाउन नसकेका बालबालिका तथा महिलाहरुलाई न्यायमा पहँच वृदिध 

भन्छिन आमा रेडियो कार्यक्रम,साझाबोली ,वलियो घर,हाम्रो क्लीनिक,जस्ता कार्यक्रमको माध्यमवाट स्थानीय सरकारका काम र सेवालाई प्रभावकारी वनाउदै स्थानीय सरकारको साझेदार वनेर  काम गर्ने अवसर प्राप्त ।

    रेडियोमा समयसान्दर्भिक विषयमा छलफल, वहस, अन्तरक्रिया, संवाद लगायतका कार्यक्रमको माध्यमवाट समाजमा सही जानकारी हासिल हुनाका साथै सुचना विश्लेषण गर्ने वानीको विकास ।

रेडियोमा काम गरेर क्षमता वृद्धि गरेका पुर्व रेडियोकर्मी आधा दर्जन वढी राष्ट्रिय मिडियामा काम गर्न सफल


बार्षिक उत्सवमा रेडियोकर्मी एवं जेष्ठ नागरिकको सम्मान 
रेडियोको ११ औ वार्षिक उत्सवको अवसरमा रेडियोमा कार्यरत कर्मचारीको सम्मान गरिएको छ । रेडियोमा महत्वपूर्ण योगदान गरेको भन्दै रिपोर्टर वुना घिमिरे र प्रदिप सेन्चुरीलाई नगदसहित प्रसंसा पत्रले सम्मान गरिएको छ । यसैवीच रेडियो शैलुङलाई कम्प्युटर सहयोग गर्ने दाता एवं जिल्ला समन्वय समिति दोलखाका सदस्य विदुर शर्मालाई सम्मान गरिएको छ । यसैवीच १५ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । दोलखाका विभिन्न भुमागमा रहेका ७० वर्ष माथिका जेष्ठ नागरिकलाई कार्र्यक्रमका प्रमुख अतिथि,अतिथि एवं अध्यक्ष शिव भण्डारीले खदा ओढाएर सम्मान गर्नुभयो । १० औ वार्षिक उत्सवको अवसरमा पनि जेष्ठ नागरिकलाई रेडियो वितरण गरिएको थियो । रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जले स्थापनाकालदेखि नै जेष्ठ नागरिकका सवाललाई प्राथमिकतामा राखेर कार्यक्रम उत्पादन,समाचार,रिपोर्ट लगायत छलफल चौतारी व्यवस्थापन गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम