सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

 

भदौ १५
शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध प्रदर्शन गरेका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा सामुदायिक विद्यालयका शिक्षकहरुको सहभागितामा आयोजना गरिएको विरोध र्याली सातदोवाटो चरिकोट हुदै टुडिखेल पुगेर पुन चरिघयाङमा रहेको एवान पाटी प्यालेसमा कोण सभाको आयोजना गरिएको थियो । कोण सभालाई सम्वोधन गर्दै नेपाल शिक्षक महासंघ दोलखाका अध्यक्ष पदम जिरेलले पेसागत अधिकार सुरक्षाका लागि एक भएर लाग्न अनुरोध गर्नुभयो । शिक्षकलाई एक्लो वनाउन सवै राजनीतिक एक भएको भन्दै सवै राजनीतिक दलको विरुद्धमा आन्दोलन केन्द्रीत हुने धारणा राख्नुभयो । यसैवीच राजनीतिक दलले आफूलाई समस्या परेको वेलामा सवै क्षेत्रमा शिक्षकको प्रयोग गरेको भन्दै अहिले शिक्षकलाई नै पाखा लगाएर अगाडि वढेको आरोप समेत लगाउनुभयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व केन्द्रीय सदस्य एवं नेपाल  शिक्षक महासंघ सल्लाहकार समिति सदस्य शकरलाल श्रेष्ठले पेसागत अधिकार र राजनीतिक अधिकार प्राप्त गर्न आन्दोलन जरुरी रहेको धारणा राख्नुभयो । पेसागत मर्यादामा रहेर अधिकारका लागि राजनीतिक दलका विरुद्ध लड्न शिक्षकसंग आग्रह समेत गर्नुभयो ।


शिक्षकका नेता,यज्ञराज खत्री,गोविन्द नारायण मानन्धर, गीता शिवाकोटी,रामवहादुर खड्का,नेपाल शिक्षक महासंघ भिमेश्वर नगर समिति अध्यक्ष बालकृष्ण दहाल लगायतले सभालाई सम्वोधन गर्दै जायज माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिनुभयो ।
नेपाल शिक्षक महासंघ दोलखाले पूर्व प्राथमिक तह इसिडि मा कार्यरत शिक्षकहरुको दरवन्दी सिर्जना गरी सेवा र सर्त सुविधा सुनिश्चित गर्नुपर्ने विद्यालय कर्मचारी र बाल विकास सहयोगी कार्यकर्ताको पारिश्रमिक वृद्धि गरी यही वर्षदेखि विद्यालय पोषाकको समेत माग गरिएको छ । कम्तीमा एक दशक एउटै तह र श्रेणीमा कार्यरत शिक्षकहरुको सामुहिक पदोन्नति तथा शिक्षकको तह वढुवाको प्रवन्ध लगायतका १९ वुँदे माग सहित आन्दोलन गर्दै आएको छ ।
जायज मागहरू पूरा गराउन दोस्रो चरणको आन्दोलन अन्तरगत भाद्र ३ बाट सम्पूर्ण शिक्षक,  ९ वटै स्थानीय तहका सबै विद्यालयका प्रध्यानाध्यापक, नेपाल शिक्षक महासंघ  ९ वटै स्थानीय तहका पदाधिकारी, भातृुसंस्थाका पदाधिकारी,  र महासघका पदाधिकारी लगायतले पेशागत आन्दोलनको अन्तरर्गत बायाँ हातमा कालो  पट्टी बाधेर पठनपाठन गरेका थिए । पेशागत आन्दोलन अन्र्तगत  कालो पट्टी बाधेर पठन पाठन  ७ गते सम्म थियो । यसैवीच जिल्लाका सबै विद्यालय बन्द गरेर सम्पूर्ण शिक्षक सदरमुकाम चरिकोटमा उपस्थित हुने र लालटिन र सिठी जुलुससहित एवान पार्टी प्यालेसमा आमसभा गरी दोस्रो चरणको कार्यक्रम समापन गर्ने  निर्धारित कार्यक्रम अनुसार नेपाल शिक्षक महाँसघ दोलखाका १७ सयभन्दा वढी शिक्षकहरुको उपस्थितिमा विरोध प्रदर्शन भएको वताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित