साइवर अपराधका विषयमा जिल्ला प्रहरी कार्यालय दोलखादवारा कक्षा सञ्चालन

भदौ १५, रेडियो शैलुङ्ग दोलखा
खास विषयमा विशेषज्ञता हासिल गर्ने विषय विशेषज्ञबाट गेष्ट लेक्चरको वातावरण तयार गर्दै आएको गौरीशकर वहुमुखी क्याम्पस दोलखामा साइवर अपराध लगायत विद्यार्थीका लागि उपयोगी विषयवस्तुको बारेमा जिल्ला प्रहरी कार्यालय दोलखाले कक्षा सञ्चालन गरेको छ ।  
गौरीशकर वहुमुखी क्याम्पस चरिकोट दोलखामा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरुलाई लक्षित गरी लागु पदार्थ दुव्यर्सनी,साईबर अपराध,मानव वेचविखन र टाफिक नियम लगायतका विषयमा जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक माधव प्रसाद कापले र टाफिक प्रमुख चन्द्रमान तमाले प्रशिक्षण दिनुभएको थियो ।
जिल्ला  प्रहरी कार्यालय दोलखा र नीता राउत फाउण्डेशनको संयुक्त आयोजनामा सदरमुकाम चरिकोटमा रहेको  गौरीशंकर बहुमुखी क्याम्पसमा   अध्ययनरत विद्यार्थी बीच चेतना मुलक कार्यक्रम आयोजना गरिएको हो ।

कानुनको अज्ञानता क्षम्य हुदैन अहिले वढ्दै अपराधको शिकारवाट विषेश गरी युवा वर्गलार्इै जोगाउन र सचेत वनाउन विद्यालय र क्यापस स्तरमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक कापलेको भनाई छ ।

जनचेतनाको कमीले साईबर अपराधका घटना दिन प्रतिदिन बढ्दै गएपछि युवा पुस्ताहरुमा सुचना प्रविधिको सुरक्षित उपयोगमा जागरुकता बढाउन साईबर अपराध सम्बन्धी विद्यार्थी बीच जानकारी गराइएको वताइएको छ । ।
सामाजिक सञ्जाल मार्फत ठगी, फेक आईडी, सामाजिक सञ्जालको प्रभाव,ेसाईबर अपराधलाई न्युनस्करण लगायतका विषयमा विद्यार्थीलाई जानकारी गराइएको थियो ।
उमेरजन्यसमस्याले निम्त्याउने दुव्र्यसनी न्युनीकरणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले जानकारीमूलक कार्यक्रमको आयोजना गरेको निता राउत फाउण्डेशनकी अध्यक्ष निता राउतको भनाई छ ।  
जिल्ला प्रहरी कार्यालय दोलखा र निता राउत फाउण्डेशनको संयुक्त आयोजनमा कार्यक्रम गरिएको हो । यस अगाडि पनि प्रदेश मन्त्री,गणित विषयका विशेषज्ञ,शहरी विकास तथा भवन डिभिजन कार्यालय दोलखाले भुकम्पप्रतिरोधी संरचना निर्माणका विषयमा कक्षा सञ्चालन गरिसकेको छ ।

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित