जिल्लावासीका लागि छुट्टाईएको १० प्रतिशत शेयर भर्ने म्याद सात दिनका लागि थप

भाद्र १४ माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा जिल्लावासीका लागि छुट्टाईएको १० प्रतिशत शेयर भर्ने म्याद सात दिनका लागि थप गरिएको छ । 
धितोपत्र बोर्डले जिल्लाबासीलाई शेयर भर्न केहि बेर अघि एक हप्ता सम्मको म्याद थप गरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले वताउनुभयो । उहाँका अनुसार तामाकोसीको शेयर आवेदनका लागि बैँक तथा संकलन केन्द्रमा र प्रशासन कार्यालयमा नागरिकता बनाउनेको चाप नघटेपछि दोस्रो चरणमा आज देखि भदौ २१ गते सम्मका लागि म्याद थप गरिएको हो । आयोजनाको प्रवद्धक कम्पनि तामाकोसी हाईड्रो पावरले धितोपत्र बोर्डलाई एक हप्ता म्याद थपका लागि केहि दिन अघि पत्राचार गरेको थियो । यसअघि धितोपत्र बोर्डले साउन १६ गते देखि भदौ १४ गते सम्मका लागि पहिलो चरणको समय तोकेको थियो । आयोजनाबाट प्राप्त तथ्याङ्क अनुसार मंङलबार सम्ममा एक लाख ६७ हजार दोलखालीले शेयर लागि आवेदन भरेका छन् । 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित