प्रथम प्रकाश स्मृति कप २०७५ तिन नम्बर प्रदेश स्तरीय प्रथम खुल्ला फुटबल प्रतियोगीता हुने

रेडियो शैलुङ्ग / प्रथम प्रकाश स्मृति कप २०७५ तिन नम्बर प्रदेश स्तरीय प्रथम खुल्ला फुटबल प्रतियोगीता हुने भएको छ ।
 रिजेनम नेपालको आयोजना तथा दोलखा फुटबल संघको प्राविधिक सहयोगमा आगामी मंसिर १ गते देखि ७ गते सम्म दोलखाको सदरमुकाम चरीकोटमा हुन लागेको आयोजकले बताएको छ ।

स्थानीय खेलकुदको संरक्षण र संबद्धन गर्ने, राष्ट्रिय खेलाडीको सहभागितामा खेल संञ्चालन गर्ने, स्थानीय खेलाडीहरुको सिप तथा ज्ञान अभिबृद्धि गर्ने उदेश्यले खेल सञ्चालन गर्न लागको हो । खेलमा १७ भन्दा बढि टिमको सहभागिता रहेने आयोजकले बताएको छ  । कार्यक्रममा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ । खेलमा मंसिर १ गते खेल उद्घाटनको दिन आयोजक र अथिती विच १० मिनेट मैत्रीपुर्ण खेल हुने, पुर्व प्रधान मन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दहाल द्धारा दोलखाली विर सहिदका परीवारहरुलाई सम्मान गर्ने, दोलखाको सबै भन्दा ठुलो पुस्कार राशिको फुटबल खेल, खानेपानी तथा सरसफाई मन्त्री विना मगर द्धारा समापन गर्ने  कार्यक्रम तय भएको छ ।
खेलमा राष्ट्रिय खेलाडीको सहभागितामा खेल संञ्चालन हुने, स्थानीय कला संस्कृतिको जर्गेणा गर्न जात जातीका पहिचान झल्कने खालका झाँकी प्रर्दशन हुने खेल रिजेनम नेपालका संयोजक मिनकुमार शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार खेलमा खेलमा विजेता हुने खेलाडीहरुलाई प्रथम पुरस्कार २ लाख, द्धितिय १ लाख, उत्कृष्ठ किपर, डिफेण्डर, इस्काइकर, हाई स्कोर नगद  ५ हजार, म्यान अफ द टुर्नामेन्ट लाई नगद १० हजार सहित ट्रफि मेडल, प्रमाण प्रत्र सहित मायाको चिनो प्रदान गरीने आयोजकले बताएको छ ।  

 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम