तामाकोशीको शेयर खुल्ला भएको २६ दिनमा २ अर्ब ६४ करोड रकम संकलन


 

भदौ १२, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर खुल्ला भएको २६ दिनमा २ अर्ब ६४ करोड रकम संकलन भएको वताइएको छ । भाद्र ११ गते सोमबारसम्म दोलखाका १ लाख ५६ हजार दोलखाबासीले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर हालिसकेका छन् ।
आयोजनाले स्थानीयको लागि निश्कासन गरेको १० प्रतिशत शेयर आवेदन खुल्ला भएको २६ दिन सम्म जिल्लाका करिब १ लाख ५६ हजार जिल्लाबासीले शेयर हालिसक्दा २ अर्ब ६४ करोड रकम संकलन भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डाक्टर गणेश न्यौपानेले जानकारी दिनुभयो । दोलखाको लामाबगरमा निर्माणाधीन ४ सय ५६ मेगावाटको तामाकोशी आयोजनाले गत साउन १६ गते देखि भदौ १४ गते सम्मका लागि १ अर्ब ५ करोड ९० लाख बराबरको १ करोड ५ लाख ९० हजार कित्ता शेयर निश्काशन गरेको हो । आयोजनाले दोलखाबासीलाई अतिप्रभावित, प्रभावित र सामान्य गरी क, ख र ग वर्गमा विभाजित गरी सोही अनुसार शेयर वितरण गर्ने निर्णय गरेको छ । प्रभावित क्षेत्रको वर्गीकरणका आधारमा जिल्लाबासिले न्युनतम ३० देखि अधिकतम ३ सय कित्ता सम्म शेयर आवेदन दिन पाउनेछन् ।

यता जिल्ला समन्वय समिति दोलखाले शेयर हाल्नेको भिड अत्याधिक भएको भन्दै माथिल्लो तामाकोशी र धितोपत्र वोडलाई  एक हप्ता म्याद थप गर्न अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित