३ महिनाको अवधिमा ९ सय ८३ मतदाता थपिए ।


भदौ १२, दोलखामा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यक्रमबाट ९ सय ८३ जनाले मतदाता नामावली दर्ता गराएका छन् ।
जिल्लामा गत बैशाख २ गतेबाट सुरु भएको मतदातामा पुरुष ५ सय ७ र महिला ४ सय ७६ गरि ९ सय ८३ जनाले नामवली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय दोलखाका कम्प्युटर अप्रेटर विशाल केसीले जानकारी दिनुभयो । कम्प्युटर अप्रेटर केसीका उहाँका अनुसार नामावली दर्ता, नाम संकलन गर्ने, त्रुटी सच्याउने, ठाँउ सार्ने, दोहोरो नाम हटाउने लगाएतका काम भइरहेको छ । १८ वर्ष पुरा भई नेपाली नागरिकता प्राप्त गरेका व्यक्तीहरुले जिल्लाको निर्वाचन कार्यालयमा स्वयंम् उपस्थित भई मतदाता नामावलीमा नाम दर्ता गराउन समेत कार्यालयले अनुरोध गरेको छ । दोलखामा हाल महिला ७६ हजार २ सय ४४ जना र पुरुष ७६ हजार ५ सय ८२ जना गरि १ लाख ५२ हजार ८ सय २७ जना मतदाता रहेका छन् ।

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध