सालकको खपटा सहित १ जना पक्राउ

भदौ ११ दोलखा /
तीन वर्ष पुरानो सालकको  खपटासहित जिल्ला प्रहरी कार्यालय दोलखाले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको भीमेश्वर नगरपालिका वडा नम्वर ६ का ५३ वर्षीय होम बहादुर थापालाई सोमबार विहान पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक बासुदेव पाठकका अनुसार थापालाई भीमेश्वर नगरपालिकाको वडा नम्वर ७ भुलभुलेबाट संरक्षित वन्यजतुको पुञ्छर, नङग्रा, छाला र ३ सय ८० ग्राम खपटा सहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाको विशेष अनुसन्धान टोलीले थापालाइ पक्राउ गरेको हो भने थापाले तिन वर्ष अघि सालकलाई मारेको र उक्त छाला विक्रि वितरणको लागि आफुसँगै राखेको वयानबाट खुल्न आएकोे प्रहरीले जनाएको छ । प्रक्राऊ गरिएका थापालाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय दोलखालाई बुझाइएको छ ।

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध