लामोसाँघु जिरी सडक १० दिन भित्र सुधार गर्ने सहमति


दोलखा, भदौ ७


लामो साँघु जिरी सडक खण्ड अन्तर्गत खाडीचौर चरिकोट सडक खण्ड १० दिनभित्र सुधार गर्ने सहमति भएको छ । विहिवार दोलखा सदरमुकाम चरिकोटमा वसेको संघीय सरकारका सांसद, प्रदेश सरकारका मन्त्री र प्रदेश सांसदहरुको उपस्थितिमा  निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको वताइएको छ । तोकिएको अवधिमा  सडकको अवस्थामा सुधार नआए कार्वाही समेत भोग्न तयार भएको निर्णयमा ठेकेदार कम्पनीका प्रतिनिधिले हस्ताक्षर समेत गरेका छन् । चार दशक अगाडि स्वीस सरकारले निर्माण गरेको लामोसाँघु जिरी सडकको चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ ।
अरनिको राजमार्गको खाडीचौर हुदैँ दोलखा सदरमुकाम चरिकोट जोड्ने ५५ किलो मिटर सडक ठेकेदारको लापरबाहीका कारण अहिले अलपत्र अवस्था रहेको छ । उक्त सडकका कारण काठमाडौँदेखि चरिकोट आउनुका लागी  करिब ४ घण्टा लाग्ने बाटो अहिले १० घण्टासम्म पुग्न नसक्ने भएपछि विहीबार तीन वटै तहका जनप्रतिनिधिहरुसंग ठेकेदार, आयोजना र कन्सल्ट्यान्टले १० दिनभित्र सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
 दोलखा, रामेछाप र सिन्धुपाल्चोक जिल्लाका प्रतिनिधिहरुको आक्रोस पछि गौरी पार्वती निर्माण सेवाका रामकुमार थापा, शंकर माली सुनौलो खिम्तीका दिपक सापकोटा, सडक आयोजनाका आयोजना प्रमुख केदार नेपाल तथा टिएमएस नर्थ स्टार कन्सल्टेन्सीका प्रमुख राजाराम काफ्लेले १० दिनभित्र सडकको खाल्डाखुल्डी पुरेर सहज आवागमनको व्यवस्था मिलाउनुका साथै आयोजनाको शर्त र सम्झौता अनुसार काम नगरे कानुन अनुसार कारबाही भोग्न तयार रहेको प्रतिवद्धता गरेका हुन् । १० दिनभित्र सडकलाई तत्कालीन रुपमा सवारी आवागमन गर्न मिल्ने बनाउन सहमति भएको छ । दोलखा र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी,  सुरक्षा प्रमुख समेतको सहभागितामा भएको छलफल कार्यक्रममा खाडीचौर–चरिकोट सडक आयोजना प्रमुख केदार नेपाल, कन्सल्ट्यान्ट राजाराम काफ्ले र ठेकेदारहरुले विभिन्न बहाना देखाई समयमै काम गर्ने कुरामा वैठकमा समेत  आनाकानी गरेपछि सवै जनप्रतिनिधिहरु उनीहरु माथि आक्रोशित भएका थिए । 
उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरु भारतको सीमान्चल र नेपालको गौरीपार्वती रहेका छन् । मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकील हैदरले लिएका छन् । 
आगामी चैत महिनासम्म सवै काम सम्पन्न गर्नुपर्ने सम्झौता भएपनि विभिन्न वहानामा सडक निर्माणको काममा ढिलाई भएसंगै केन्द्रदेखि स्थानीय तहसम्मका जनप्रतिनिधि समाधानको बाटो खोजिरहेका छन् । प्रतिनिधि सभा सदस्य पार्वत गुरुङ,प्रदेश न ३ का उद्योग मन्त्री अरुण नेपाल, अर्थ मन्त्री कैलाश ढुंगेल र  भौतिक तथा पुर्वाधारमन्त्री केशव स्थापित लगायतको सहभागितामा १० दिनभित्र सडकको खाल्डाखुल्डी टाल्ने, हिलो व्यवस्थापन गर्ने ३ वूँदे लिखित सहमति भएको छ ।
सडक निर्माणको काम गर्न जिम्मा पाएको निर्माण व्यवसायिहरुले आर्थिक अभाव र अन्य बहानामा सडक निर्माण कार्य ढिलो हुने संकेत गरेपछि सबै जनप्रतिनिधिहरु आक्रोसित हुदैँ ठेक्का तोड्ने,तोकेको समयमा काम नगरे जे पनि हुन सक्ने  त्यसको जिम्मा कम्पनी आफैल्े लिनु पर्ने चेतवानी समेत दिएका छन् । आयोजनाका  प्रमुख नेपाललाई सरकार कर्मचारी नभई ठेकेदारहरुको संरक्षक भएको जनप्रतिनीधीहरुको आरोप छ  । छलफल कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले अब कुनै पनि बहाना वनाएर काममा ढिलाई गरे  कारबाही गर्ने चेतावनी दिनुभएको छ भने प्रदेशका पर्यटनमन्त्री अरुण नेपालले विभिन्न वहाना देखाएर ठेकेदारउम्कन नसक्ने चुनौती दिनुभयो । मन्त्रीले भन्नुभयो, कित  समयमा नै काम सक्नु प¥यो नत्र छोडनु प¥यो मन्त्री नेपालले ३० प्रतिशत काम गर्नेलाई ५० प्रतिशत भन्दा बढी भुक्तानी दिने सरकारका प्रतिनिधिहरुको पनि मिलेमतो रहेको आरोप लगाउनुभयो । प्रदेश नं ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितले सो सडक निर्माणको कामको अवस्था बारेमा  आफुलाई रिर्पोट बुझाउन अनुरोध गदै कामलाई अघि बढाउन आफूले मध्यस्थता गर्ने बताउनुभयो  । छलफल कार्यक्रमका सहभागी दोलखाका नगरपालिका तथा गाउँपालिकाका प्रमुख तथा उपप्रमुखहरुले सडकको दुरावस्थाका कारण केहीले ज्यान गुमाएको र केहीले हेलिकप्टर चार्टर गरेर उपचारका लागि काठमाडौँ लैजानु परेको दुःखद घटना स्मरण गर्दै सडकका कारण जनप्रतिनिधिले समेत आलोचना खेप्नु परेको गुनासो गरेका थिए ।सडककै कारण उपचार नपाएर कसैको मुत्यु भएमा यसको जिम्मा सडकका ठेकेदार कम्पनीले लिनुपर्ने दोलखाका स्थानीय तहका जनप्रतिनिधिहरुको माग रहेको छ । 
 सडकको दुरावस्था कै  कारण  दोलखाको विगु गाउँपालिकाका वडा नम्वर १ लामावगरमा स्वदेशी लगानीमा निर्माणधीन  माथिल्लो  तामाकोशी जलविद्युत आयोजनाको काममा प्रतिदिन डेढ करोड बढी घाटा गई रहेको समेत  जानकारी गराए थिए । खाडीचौरदेखि चरिकोटसम्मको करिब ५५ किलोमिटर सडक दुई प्याकेजमा छुट्छुट्टै ठेक्का लगाई काम सुरु भएको थियो । पहिलो प्याकेजको काम गत अक्टोबर २०१५ देखि सुरु गरिएको स्तरोन्नति कार्य दुई वर्ष अर्थात २०१७ को अक्टोबर सम्ममा काम सकाउने गरी ठेक्का लगाइएको थियो । त्यसैगरी दोस्रो प्याकेजको काम २०१५ को जुन १४ मा सम्झौता भएको र २०१८ को १ मार्चमा सडक स्तरोन्नति कार्य सकाउने गरी ठेक्का लगाइएको थियो । तर दुवै प्याकेजका ठेकेदारले बिचैमा काम छाडेर अलपत्र पारेका छन् । दुवै प्याकेजमा लगानी गरेका सुनौला खिम्तीका सञ्चालक भीमसेन भण्डारी कर छली सम्बन्धी प्रकरणमा मुछिएपछि सरकारले उनको बैंक खाता र कारोबार बन्द गरेका कारण दुवै प्याकेजको काम प्रभावित भएपछि अलपत्र परेको पाईएको छ । दुवै प्याकेजका ठेकेदार कम्पनीहरुले टेवा पर्खाल, नाला लगायत केही संचरना निर्माणको काम गरेर बिचैमा छाडेका छन् ।  सडकको अवस्था अत्यन्त नाजुक भएका कारण सिन्धुपाल्चोक,दोलखा र दोलखा पूर्वका बासिन्दाहरुले विभिन्न सास्ती खेप्न बाध्य भएका छन् ।

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध