प्राध्यापकका रुपमा मन्त्री,व्यवसायिक वन्न विद्यार्थीलाई सुझाव,व्यवसायमा लागे मन्त्रीले सहयोग गर्ने ।

 


रेडियो शैलुङ्ग दोलखा / प्राकृतिक स्रोतको सदुपयोगबाट मात्रै दोलखाको सम्वृद्धि सम्भव हुने प्रदेश नं ३ का आर्थिक मामिला तथा योजना मन्त्रालयका माननीय मन्त्री कैलाश ढुङेलले वताउनु भएको छ । गौरीशकर बहुमुखी क्याम्पस चरिकोट दोलखाका गेष्ट लेक्चरका रुपमा विद्यार्थी वीच वोल्दै मन्त्री ढुङगेलले पर्यटन,कृषि,जलस्रोेतको भरपुर प्रयोग नै दोलखाको विकास र सम्वृद्धि हो भन्नुभयो । क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई शिक्षण गर्ने क्रममा वि.वि.एस. अध्ययनरत विद्यार्थीलाई स्थानीय उत्पादनलाई प्राथकिकीकरण गरेर व्यवसाय दर्ता गरे प्रदेश सरकारको तर्फबाट सहयोग गर्ने वचन दिनुभयो ।
प्राध्यापकको रुपमा पुग्नुभएका मन्त्रील्ो वर्तमान अर्थव्यवस्था,सुशासन र शिक्षाका सन्दर्भमा चर्चा गर्दै पाठ्यक्रम जानेर मात्र विकास सम्भव छैन् मुलुक चिन्ने शिक्षाले मात्र विकास सम्भव हुने कुरामा जोड दिनुभयो ।


यसैवीच समय सुहाउदो प्राविधिक विषय राख्न क्याम्पसलाई सुझाव दिदै व्यवसायिक शिक्षाका लागि सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गर्नुभएको छ । साथै शिक्षणको क्रममा सवै विद्यार्थीलाई व्यवसायिक वन्न अनुरोध गर्दै दोलखाको स्रोतलाई चिनेर प्रयोग गर्न अनुरोध गर्नुभयो ।
विद्यार्थीहरुको विषयगत ज्ञानको साथै समसामहिक बाह्य ज्ञान बढाउनका लागि विभिन्न विषयका विशेषज्ञ तथा अन्य क्याम्पस तथा विश्वविद्यालयका प्राध्यपकहरुबाट समयसमयमा खास विषयमा गेष्ट लेक्चररको सुरुवात गरिएको क्याम्पसले जनाएको छ । यस अगाडि पनि विभिन्न विषयका विषय विशेषज्ञ मार्फत कक्षा सञ्चालन गरिएको थियो ।
वि.सं. २०३८ सालमा स्थापित दोलखा जिल्लाको सबै भन्दा पुरानो क्याम्पसमा हाल विभिन्न संकायमा ९सय २९ जना विद्यार्थी अध्ययनरत छन् ।

 

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित