दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा

रेडियो शैलुङ्ग दोलखा /
दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा आएको छ ।
भीमेश्वर नगरपालीकाको वडा नम्वर ६ मा रहेको चरिकोट बहुउदेश्य सहकारी संस्थाले चरीकोट स्थित कृषि बजारमा सुपथ मल तथा विउँविजन डिपो सञ्चालनमा ल्याएको हो ।
चरिकोट बहुउद्देश्यीय सहकारी संस्थाका ऋण समितिका संयोजक वद्रि कार्कीका अनुसार डिपोमा राशायनिक तथा प्राङागरिक मल सुपथ मुल्यमाा पाइने छ भने कृषकहरुले उत्पादन गरेका सामाग्रीहरु समेत विक्रि वितरण गरिने छ ।
जिल्लाका कृषकहरुलाई सुपथ मुल्यमा विउँ विजन तथा मल वितरण गरि  सहयोग पु¥याउने उद्देश्यले दोलखामा नै पहिलो पटक डिपो सञ्चालनमा आएको हो । डिपो मार्फत सहकारी संस्थामा आवद्धता भएका सेयर सदस्यहरुलाई भने विशेष छुटका साथ वितरण गरिने छ ।

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध