सूचनाहरु सार्वजनिक गर्ने दोलखाका नागरिक समाज संस्थाको प्रतिवद्धता

 

रेडियो शैलुङ्ग दोलखा
भदौ ४ दोलखा जिल्लाका क्रियासिल नागरिक समाजका संस्थाहरुले सूचनाको हक सम्वन्धि ऐनले व्यवस्था गरे वमोमिज प्रत्येक तीन महिनामा स्वत सार्वजनिक गर्नु पर्ने २० प्रकारका सूचनाहरु सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका छन् ।
दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित सार्वजनिक निकायले स्वतःप्रकाशन गर्नुपर्ने २० प्रकारका सुचना बारे अन्तरक्रिया कार्यक्रममा दोलखाको क्रियासिल नागरिक समाजका संस्थाहरुले उक्त प्रतिवद्धता जनाएका हुन् ।
राष्ट्रिय सुचना दिवस २०७५ को अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखा जिल्ला शाखाका अध्यक्ष जिवन लामाले सरकारी तथा सार्वजनिक निकायले स्वतःप्रकाशन गर्नुपर्ने विवरण सम्बन्धि निर्देशिका २०७१ सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष लामाले मौलिक हक, सुचनामा नागरिकको पहँच, सुचनाको अद्यावधिक र प्रकाशन, स्वत प्रकाशन गर्नुपर्ने सुचना, निकायको स्वरुप र प्रकृति, निकायको काम, कर्तव्य र अधिकार, निकायमा रहने कर्मचारी संख्या र कार्य विवरण, निकाय बाट प्रदान गरिने सेवा, सेवा प्रदान गर्ने निकायको शाखा र जिम्मेवारी अधिकारी, सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि, निर्णय गर्ने प्रक्रिया र अधिकार, सुचना प्रवाह गर्नु अनिवार्य दायित्वका बारेमा जानकारी गराउनुभएको थियो ।
हुराडेक नेपाल दोलखाका कार्यकारी निर्देशक सुन्दरकुमार लामिछानेले कार्यक्रमको बारेमा जानकारी गराउनुभएको थियो । हुराडेक नेपाल दोलखाका कोषाध्यक्ष जिवसराज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आरआरएन दोलखाका जिल्ला संयोजक टंक उप्रेती, सेवक नेपालका कार्यक्रम प्रबन्धक प्रल्हाद तिमिल्सिना, सिविन नेपालका विष्णु सुवेदी, गोरखापत्र दैनिकका संवाददाता बाबुराम शर्मा लगाएतले कार्यलयले गर्ने गतिविधिको बारेमा जो कोहिलाई पनि सुचना दिन अब सुरुवात गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । हुराडेक नेपाल दोलखाले सञ्चालन गर्दै आएको पारस्परिक जवाफदेहिता परियोजनाको आायोजनामा भएको कार्यक्रममा विभिन्न गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि र पत्रकारहरु लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

दोलखाको तामाकोशी गाँउपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । गाँउपालिकाले गत आर्थिक बर्ष ०७४÷०७५ मा सञ्चालन गरेको गतिविधि र चालु

भालुको आक्रमणबाट महिला घाइते ।

रेडियो शैलुङ,दोलखा ,भाद्र १० भालुको आक्रमणबाट दोलखाको  वुलङमा एक महिला गम्भीर घाईते हुनु भएको छ । विगु गाउँपालिका वडा नम्वर ३ वुलुङखानीकी ५० वर्षीय

दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा

रेडियो शैलुङ्ग दोलखा दोलखाको सदरमुकाम चरिकोटमा सुपथ मल तथा विउविजन डिपो सञ्चालनमा आएको छ । भीमेश्वर नगरपालीकाको वडा नम्वर ६ मा रहेको चरिकोट