नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 


 शरद सापकोटा 
३० साउन, काठमाण्डौँ 

रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण भएपछि दोलखा जिल्लामा सर्वसम्मत ढंगले भीम प्रसाद दहाल पार्टी अध्यक्षमा चयन भएका छन् । नेकपा दोलखामा अध्यक्षको पद तत्कालीन एमालेको भागमा परेको र  ६ जना दावेदार मध्ये दहाल छनौटमा परेका हुन । लामो राजनीति इतिहास बोकेका उनी अध्यक्ष पदमा चयन हुँदा यो पदमा हेभी वेट व्यक्तित्व नै स्थापित भएको कार्यकर्ताहरु बताउँछन् । 

वि.सं. २०१७ सालमा जन्मिएका दहालले स्कुले जीवन देखि नै राजनीति सुरु गरेका हुन् । ३५÷३६ सालबाट दोलखाको काव्रेमा अनेरास्ववियु पाँचौको संगठनमा सक्रिय भई उनको राजनीति थालनी भएको थियो । युवा अवस्था देखि नै निकै सक्रिय रहेकाले तत्कालीन पार्टीले गाउँ तहमा निर्माण गरेको (भिजिए) भिलेज एक्टिभ ग्रुप र इलाका तहमा निर्माण गरेको (एपीजीए) एरिया पार्टी एक्टिभ ग्रुपमा नेतृत्वदायी भूमिकामा रही काव्रे, गैरीमुदी, मिर्गे, नाम्दू, क्षेत्रपा र जँुगुको साझा नेतृत्व गरेका थिए । 

वि.सं.२०३९ सालमा तत्कालीन नेकपा मालेको सदस्यता लिएर पार्टी निर्माणको अभियानमा होमिएका दहाल दोलखामा मालेको सदस्यता लिने छैठौँ ब्यक्ति थिए । दोलखा जिल्लामा ४४÷४५ सालमा नेकपा मालेको प्रथम जिल्ला अधिवेशन सम्पन्न हँुदा ७ जना सहभागी भएका थिए ती ७ जना मध्येका १ थिए भीम दहाल । तत्कालीन दोलखा मालेको जिल्ला पार्टी कार्यालय मैनापोखरीमा थियो त्यो बेला दलहरुले सरकारी दमन खेपीरहनु पथ्र्यो त्यसै सिलसिलमा एकपटक प्रहरीले मेजर अपरेशनका नाममा तत्कालीन पार्टी सचिव पशुपति चौलागाईलाई पक्रेर पार्टीका दस्तावेजहरु लैजान लाग्दा यिनै दहालले बहादुरीपूर्वक प्रहरी फन्दाबाट उम्केर कार्यालयका महत्वपूर्ण र गोप्य दस्तावेजहरुको सुरक्षा गरेका थिए । 

स्कुले जीवन पछि काठमाण्डौमा महेन्द्ररत्न क्याम्पस पढ्न जादा उनको राजनीति झनै निखारियो । २०४८ सालमा अनेरास्ववियु क्याम्पस प्रारम्भिक कमिटिको अध्यक्ष बनेर कुशल नेतृत्व प्र्दान गरे । त्यसपछि अनेरास्ववियु काठमाण्डौ जिकको सदस्य, दोलखा काठमाण्डौँ सम्पर्क मञ्चको सदस्य, नेकपा एमाले काव्रे गाउँ कमिटी सचिव, २ नंबर इलाकाको सचिव हुदै जिल्ला कमिटिको सचिवालय सदस्य सम्म रहेर पार्टीका  विभिन्न भूमिकामा सक्रिय छन् । 

भीम दाहाल स्वभावमा शालीन तर साहसी मानिन्छन् । २०५४ सालमा एमाले विभाजन भएर माले बनेपछि मालेको चर्को विरोध गरेका कारण ०५६ सालमा तत्कालीन मालेबाट आक्रमणमा परेका थिए । त्यस्तै ०६५ सालमा सहकारी आन्दोलनमा पार्टीको पक्षबाट निर्वाचन जितेपछि तत्कालीन माओवादीले सफाया गर्ने लिस्टमा नाम चढाएको थियो । यस्ता कठीन घडीमा समेत आफ्नो अडान कायम राख्ने व्यक्तिलाई अहिले नेकपाले ऐतिहासिक जिम्मेवारी प्रदान गरेको छ । अब सबैलाई मिलाएर लैजानु उनको दायित्व बनेको छ । हिजोका माओवादी र एमाले आज एक भैरहँदा जम्मा भएको शक्तिलाई सन्तुलित ढंगले लैजानु उनका लागि अवसर र चुनौति रहेका छन् । 

राजनीति सँगै भीम दहालको सामाजिक छवी पनि उच्च छ । लामो समय शिक्षण पेशामा रहेर धेरैसँग सामीप्यता कायम गरेका छन् । सहकारी आन्दोलनमा देशभरमै अग्रणी स्थानमा आउने जनसचेतन सहकारीलाई कुशलतापूर्वक नेतृत्व गरिरहेका छन् । सामाजिक रुपमा उनका दाई पुष्कर दहालले जनप्रतिनिधि हुँदा गरेका असल कामको जस पनि यो दहाल परिवारलाई नै छ । 

यसरी नेकपा दोलखाले एउटा खारिएको व्यक्तिलाई पार्टी सञ्चालनको जिम्मेवारी प्रदान गरिरहँदा पार्टी पंक्तिमा नौलो आशा सञ्चार भएको छ । स्थानीय तहमा अरु नेताहरु ब्यस्त हुने भएकाले यो समय पार्टी निर्माणमा धेरै मेहनतपूर्वक लाग्नुपर्ने देखिन्छ । सबैलाई उचित जिम्मेवारी प्रदान गर्दै, सबैको भावनाको कदर गर्दै अघि बढेमा दाहाल सफल हुने नेता कार्यकर्ताहरु बताउँछन् । 

भीम दहालसँगको कुराकानीमा आधारित 
 

प्रतिकृया दिनुहोस

नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने  मंसिर २४

नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको

भीनपा पाँच विद्यार्थीसँग देशका विशिष्ट व्यक्तिको  भेट 

 मंसिर ८  मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालयमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ। भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का