निताको नयाँ घरमा वस्ने सपना तीन वर्षदेखि अधुरै ।

 

दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा बैशाखमा गएको विनाशकारी  भुकम्पले घर मात्रै भत्काएन श्रीमान समेत गुमाउनु परेको थियो । न्युन आर्थिक अवस्था भएको निताको परिवारले दुख–सुख गरेर एउटा घर वनाएका थिए । बैशाख १२ बस्ने बास पनि गुमाउनु परेको थियो भने भुकम्पकै कारण चिसो र पोषणको अभावले करिव १ वर्षपछि सँगै हात मुख जोड्नका लागि काम गर्ने ४५ वर्षीय श्रीमानको पनि मृत्यु भयो ।। भुकम्प गए लगतै नेपाल सकारले तथ्याङक संकलन गर्न प्राविधिक खटायो । पीडित घिमिरेले पनि आफ्नो नाम त लेखाउनु भयो तर अहिले सम्म निजी आवास वनाउन राज्यले  दिने ३ लाख पाउने  कुरा कागलाई वेल पाक्यो हर्ष न विष्मत भएको छ । दोलखामा ५० हजार निजी आवास वनिसक्दा पनि जीवनमा साथ दिने श्रीमान र दु.ख गरेर वनाएको घर गुमाएकी घिमिरेको नाम पुन निर्माणमा अहिलेसम्म अटाएन । पटक पटक गुनासो सम्वोधनका लागि अरुको नाम आउँदा निताको नाम कहिल्यै आएन । राज्यले तेस्रोपटक सम्वोधन गरेको गुनासोमा पुन निर्माणका लागि नाम आउनको सट्टा घर नै नभएकी घिमिरेको प्रवलीकरणमा नाम आएको सुनेर छक्क पर्नुभएको छ । नीता भन्नुहुन्छ – घर नै छैन कता मर्मत गर्ने हो, सरकारले त मर्मतमा पो नाम पठाएछ ।  गुनासो लेखाएर पठाएपछि यो पटक त पक्कै लाभग्राहीको सुचिमा नाम अटाउने आशामा वसेकी घिमिरेले नयाँ घर वनाउनकै लागि गिटी समेत कुट्नु भएको थियो । गिटीमा घासँ उम्रियो तर तीन वर्षसम्म पनि पुर्ण लाभग्राहीमा नाम आएन । 
अहिलेसम्म अस्थायी आवास वनाउन नसकेर अर्काको घरमा वस्दै आउनुभएकी निताको घर मर्मतका लागि गुनासोमा नाम आएपछि अन्यौलमा पर्नुभएको छ । आप्नो पुरानो भत्किसकेको घरको कहाँ कसरी मर्मत गर्ने हो ? थाहा छैन् ।वल्लो घर पल्लोघर,तल्लो घर वरिपरि सवै नयाँ वने तर सरकारले अनुदान देला र घर वनाउँला भन्ने आशामा रहेकी पिडीत घिमिरेको नभएको घर मर्मतमा पो नाम आयो ।  
१० वर्षदेखि १५ वर्षसम्ममा ४ छोराछोरी छन् । लालन पालन र पठनपाठनको जिम्मेवारी पूरा गर्न नसकेर एक छोरी अरुको घरमा काम गर्न राख्नुपर्ने वाध्यता सुनाउनुभयो । 
अहिले त घर वनाउने आशा पनि सकियो अव के गर्ने ? स्थानीय सरकार गाँउ गाँउमा आयो भन्छन् तर हाम्रा लागि कसैले केही गरेनन ,निताको दुखेसो छ ।    घिमिरेको परिवारले घर मर्मतका लागि नेपाल सरकारबाट १ लाख पाउनुहुनेछ ।  तर कमाउने श्रीमान गुमाएकी घिमिरेलाई एक लाख रकमले भत्किएको घर पन्छाउनै पुग्दैन । कमाउने भए त घर बनाउन आँट गर्न सक्थे होला ? घिमिरेसँग अहिले नै घर बनाउन सक्ने आँट समेत छैन् । साँसु ससुरा छुट्टै बसेका छन्,सवैको घर वनिसक्यो ।। तर ५ जनाको निताको परिवार छिमेकीको घरमा आश्रय लिएर वसेका छन् ।बैशाखको अन्तिमसम्ममा आप्नै भग्नावशेष घरमा राहतमा पाएको पालबाट घामपानी छेल्दै वसेका परिवार वस्न नहुने भएपछि छिमेकमा वस्दै आएका हुन् ।   
यता वैत्यश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आर्चायले भने घिमिरे परिवारको समस्या सम्वोधनका लागि तत्काल गाउँपालिकाले पहल गर्नें प्रतिवद्धता व्यक्त गर्नुभएको छ । 

 

प्रतिकृया दिनुहोस

रेडियो शैलुङको ११ औ वार्षिक उत्सव एवं शैलुङ सञ्चार सहकारी संस्थाको साधारण सभा सम्पन्न

भदौ ३१ शैलुङ सञ्चार सहकारी संस्थाद्वारा सञ्चालित रेडियो शैलुङ सामुदायिक एफ।एम ९२।७ मेगाहर्जको ११ औ वार्षिक साधारण सभा एवं वार्षिक उत्सव कार्यक्रम

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुश

भाद्र ३० निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पहिचान गरी कार्बाही गर्न दोलखा सदरमुकाम चरिकोटमा दवावमूलक सिठी जुलुशको आयोजना गरिएको छ

सिठ्ठी र लालटिन जुलुस सहित दोलखाका शिक्षकहरु आन्दोलित

  भदौ १५ शिक्षा सेवा आयोगलाई सवैधानिक आयोगको रुपमा गठन गर्नु पर्ने लगायतका १९ बुद्धेमाग सहित  दोलखाका शिक्षकरुले सिठ्ठी र लालटिन जुलुस सहित विरोध