दोलखालाई सम्वृद्ध वनाउन पत्रकारको भुमिका महत्वपूर्ण हुने सांसद पार्वत गुरुङको भनाई ।

दोलखालाई समृद्ध बनाउन पत्रकारहरुको ठुलो भुमिका रहने सांसद पार्वत गुरुङ्गले बताउनु भएको छ । 
समावेशी लोकतन्त्रको आधार, पुर्ण समावेशी संञ्चार भन्ने नाराका साथ, नेपाल आदीबासी जनजाती पत्रकार महाँसघ फोनीजको १९ आँै स्थापना दिवसको अवसरमा सदरमुकाम चरीकोटमा आयोजीत अन्र्तक्रिया कार्यक्रममा बोल्नुहुँदै सांसद गुरुङले समृद्ध दोलखा निमार्णका लागि पत्रकारहरुको भुमीका महत्वपुर्ण हुने बताउनु भएको हो । दोलखाली जनताको विश्वासले आफुले मत जितेको स्मरण गराउँनुहुँदै कुनै पनि जात बर्ग भाषा भाषिको आधारमा विभेद नगरी दोलखाको हितको लागि काम गर्ने गरुङले प्रतिबद्धता जनाउनुभयो । सांसद गुरुङले दोलखाको विकासका लागि स्थानीय सरकार सँग सहकार्य गर्दै कलम चलाउन संञ्चारकर्मीलाई  आग्रह समेत  गर्नुभयो । नेपाल आदीबासी जनजाति पत्रकार महाँसघ फोनीज दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सांसद पार्वत गुरुङ्ग, नेपाल आदीबासी जनजाति पत्रकार महाँसघ फोनीजका केन्द्रिय सदस्य उषा तामाङ्ग, नेपाल पत्रकार महासघं दोलखाका अध्यक्ष जिवन लामा, फोनीज दोलखाका सचिव धनराज तामाङ, फोनिजका उपाध्यक्ष र्सिजना गोले लगाएतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा विभिन्न मिडियामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा फोनिज दोलखाका अध्यक्ष प्रभु जिरेलले दोलखा जिल्लामा जिरेल, सुरेल, तमाङ लगाएत १२ जातिका मानिसको बसोबास रहेको जानकारी दिनुभयो । उहाँले कुनै पनि संञ्चार माध्यममा आदीबासी जनजातिको नेपाली भाषामा शुद्धता नहुनु तर आफ्नो मातृभाषामा जानु एउटा पहिचान रहेको धारण राख्नुभयो । 

 

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित