मेलुङ गाउँपालिकाको सार्वजनिक सुनुवाई सितलीमा सम्पन्न

रडियो शैलुङ दोलखा । दोलखाको मेलुङ गाउँपालिकाको गत आर्थिक वर्ष २०७४÷०७५को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिका वडा न ७ सितलीमा आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममासहभागिहरुले नयाँ सडक खोलेका कारण पहिरोको जोखिम वढेको भन्दै जवाफदेही वक्ताका रुपमा रहनुभएका गाउँपालिका अध्यक्ष नर वहादुर श्रेष्ठ,उपाध्यक्ष कल्पना भण्डारी,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद हुमागाई समक्ष मेलुङवासीले गुनासो गरेका थिए । गुनासो सम्वोधन गर्दै जवाफदेहीवक्ता गाउँपालिका अध्यक्ष श्रेष्ठले चालु आर्थिक वर्षमा कुनै पनि नयाँ सडक नखन्ने प्रतिवद्धता जनाउनु भएको छ भने खनिएका सडकलाई चालु आर्थिक वर्षमा नै व्यवस्थित गर्ने समेत गाउँवासी समक्ष विश्वास दिलाउनु भएको छ । कार्यक्रममा सेवा प्रभावकारी नभएको,सडकका कारण सवारी साधन सञ्चालन हुन नसककेको,पहिरोको जोखिम वढेको,विद्यालय एकीकरणले निम्त्याएको समस्या,न्यायिक समितिको प्रभावकारिताका विषयमा जिज्ञासा राखेका थिए । सार्वजनिक सुनुवाई कार्यक्रममा आएका गुनासो र जिज्ञासाको सम्वोधन गर्दै गाउँपालिकाले विभिन्न निर्णय समेत गरेको छ ।
। मेलुङ गाउँपालिका र वडामा सार्वजनिक सेवा पारदर्शिताका लागि सवै कार्यालयमा नागरिक वडापत्र राख्ने तथा आयव्यय विवरण र कार्ययोजनासमेत मासिक रुपमा सार्वजनिक गर्ने,वर्षातको समयमा विग्रिएका सडकको विस्तृत अध्ययन गरी  नियमित सञ्चालन हुने गरी सडकको स्तरोन्नति गर्ने र गाउँपालिकाभित्र सञ्चालित विकास निर्माणको कामलाई गुणस्तरीय वनाउन निरन्तर अनुगमन,सार्वजनिक परीक्षण,सार्वजनिक सुनुवाई लगायतका कामलाई निरन्तरता दिने निर्णय गर्दै सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  

 कार्यक्रमको शुरुमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद हुमागाँईले आर्थिक वर्ष २०७४÷०७५मा  गरेका कार्यक्रम र वजेटको जानकारी गराउनु भएको थियो । गाउँपालिकामा कृषि विकासका लागि  ४६ लाख ५० हजार विनीयोजित भएको ८ लाख ९२ खर्च भएको जानकारी गराउनु भयो । यस्तै पशु विकास कार्यक्रम अन्र्तगत १२ लाख ५० हजार्मा विनियोज गरिएकोमा २ लाख ८० खर्च मात्र खर्च भएको छ ।
यसैगरी सहकारी तर्फ  २० लाख रकम विनीयोजनमा २० लाख नै खर्च भएको वताइएको छ । शिक्षा तर्फ विद्यालय सुधार नुमना विद्यालयका लागि १९ लाख ५८ हजार,स्वास्थथ्य तर्फ ३८ लाख ५८ हजार विनीयोजन गरिएकोमा  ९ लाख ६७ हजार, खेलकुदमा १५ लाख  विनियोजन भएकोमा कुनै खर्च हुन नसकेको जानकारी गराउनु भएको हो ।  प्रमुख प्रशासकीय अधिकृत हुमागाईका अनुसार पुर्वधारमा ५करोड १लाख ७५ हजार विनीयोजन भएकोमा ४ करोड ४७ लाख खर्च भएको छ । सडकमा मात्रै ४ करोड, ४७ लाख रकम खर्च भएको वताइएको छ । कुल वजेटको सवैभन्दा वढी सडक निर्माणमा खर्च भएको हो । यस्तै सिचाइतर्फ ३५ लाख विनियोजन गरेपनि २१ लाख मात्र खर्च भएको छ भने वन, भुसंरक्षणमा विनियोजन गरिएको  १० लाखमा १ लाख ८३ हजार खर्च भएको छ ,जलधार तथा वातावरण संरक्षणमा २५ लाख  मध्ये २ लाख १७ हजार  खर्च भएको छ, विपद जोखिम न्युनीकरण तथा व्यवस्थापनमा १६ लाख रकम छुट्याइएकोमा ८ लाख ८८ हजार खर्च भएको कार्यक्रममा जानकारी गराइएको हो ।  
वित्तीय समानीकरण अनुदान १४ करोड ४० लाख १५ हजार प्राप्त भएकोमा ८ करोड ६९ लाख खर्च गरिएको छ भने गाउँपालिकाको खातामा ५ करोड ७१ लाख रकम रहेको छ । सशर्त अनुदान तर्फ १० करोड ८४ लाख ७१ हजार आएकोमा ९ करोड ८१ लाख ३१ खर्च भएको छ भने १ करोड, ३ लाख ३९ हजार ९सय ८२ रुपैया रकम फ्रिज गएको  छ  ।

प्रतिकृया दिनुहोस

शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित

कात्र्तिक ३० शैक्षिक सुधार र पेसागत हकको लागि देशभरका शिक्षकहरु आन्दोलित तेस्रो चरणको आन्दोलन अन्तरगत देशभरका शिक्षकहरुले शुक्रबार देशभर धर्ना

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

  जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित सामुदायिक

मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नहुने– जिल्ला न्यायधिश खड्का

जिल्ला अदालत दोलखाका जिल्ला न्यायधिश तेज बहादुर खड्काले मेलमिलाप कर्ता भएपछि निर्णयकर्ता बन्न नपाईने बताउनु भएको छ । सदरमुकाम चरिकोटमा आज आयोजित