बोल्नेभन्दा काम नै पहिलो प्राथमिकता हो : मन्त्री ढकाल

साउन १८ । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आगामी असोज २ गतेअगावै आवश्यक कानुन निर्माणमा मन्त्रालय कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले आगामी असोज २ गतेभित्र सबै कानुन निर्माण नगरे मुलुकमा संवैधानिक र कानुनी जटिलता आउनसक्ने पक्षलाई मध्यनजर गर्दै अगाडि बढ्ने बताए ।

कानुन निर्माणले गति लिन नसक्दा संघीय संसद ‘बिजनेस’विहीन भएको बताउँदै उनले मन्त्रालयका तर्फबाट यसमा विलम्ब भयो भन्ने कुराको प्रश्न उठाउन नदिनेतर्फ आफू लाग्ने र त्यसका लागि सबैको सहयोग जरुरी रहेको उल्लेख गरे ।

नसोचेको परिस्थितिपछि आफू यस मन्त्रालयमा आएको बताउँदै उनले ‘बोल्नेभन्दा पनि काम नै पहिलो प्राथमिकता हो’–भने ।

मन्त्री ढकाललाई स्वागत गर्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव राजीव गौतमले कानुन निर्माणका लागि मन्त्रालय अहिले दिनरात नभनी खटिरहेको बताए ।

बंगलादेशमा एमबीबीएस अध्ययनरत् नेपाली छात्राहरुबारे विवादास्पद अभिव्यक्तिपछि तत्कालीन कानुनमन्त्री शेरबहादुर तामाङले गत मंगलबार राजीनामा दिएपछि कानुन मन्त्रालय मन्त्रीविहीन थियो ।

नवनियुक्त मन्त्री ढकाल प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट मोरङ क्षेत्र नम्बर–३ बाट निर्वाचित भएका हुन् ।

नेकपा माओवादी केन्द्र) र एमाले एकीकरणसँगै अहिले उनी नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य छन् । रासस

 

प्रतिकृया दिनुहोस

नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने  मंसिर २४

नेकपा एमालेले सुरु गरेको ‘समृद्धिका लागि संकल्प यात्राको टोली भोली दोलखा आईपुग्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको बैतडीको

भीनपा पाँच विद्यार्थीसँग देशका विशिष्ट व्यक्तिको  भेट 

 मंसिर ८  मानिस स्वभावैले एकै स्थानमा बस्न चाहाँदैन । कुनै नयाँ स्थानमा गएर नयाँ नयाँ अनुभवहरु सँगाल्ने र ती अनुभवहरु आफ्ना साथीभाइ परिवारका

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि दुई दिन पार्टी कार्यालयमा राखिने

नेकपा एमालेका उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि पार्टी कार्यालयमा राखिने भएको छ। भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का