दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते

अविलर बर्षाका कारण दोलखाको विगु गाँउपालिका वडा नम्बर १ लामाबगरको चौकी खोलामा बाढी आउदा एक जना घाईते भएका छन् भने तीन वटा घर पूर्ण रुपमा क्षति भएको छ । 
बाढीका कारण स्थानिय ४१ बर्षिय असरी तमाङ घाईते भएको तथा डिलबहादुर तमाङको एक तले दुई वटा र मिने तमाङको एक वटा घर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठकले बताए ।
पहिरोका कारण नगद, घर, लताकपडा, भाँडावर्तन, अन्नपात क्षति हुदा डिलबहादुरको एक लाख ८० हजार, साङ्गे तमाङको ५० हजार, मिने तमाङको ६० हजार, निमा छिरिङ तमाङको एक लाख र निमा तमाङको ३० हजार गरी चार लाख २० हजार बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक पाठकले बताए । पहिरोमा परी घाईते भएकी असरी तमाङको सदरमुकाम चरिकोटमा उपचार भै रहेको र उनको दाहिने हात भाँचिएको तथा दुबै गोडामा चोट लागेको प्रहरीले जनाएको छ । 
त्यसैगरी शनिवार रातिको अविरल बर्षाका कारण गएको पहिरोले भीमेश्वर नगरपालिका वडा नम्बर ९ लाकुरीडाँडाका थामी समुदायले कुल पुजा गर्दै आएको ऐतिहासिक सेती चन्द्र भुमे मन्दिर पुरेको मन्दिर संरक्षण समितिका सचिव कुलमान थामीले जानकारी दिए । थामीका अनुसार अहिले माथिबाट पहिरोसँगै ढुङ्गा खसि रहेकाले नजिकै रहेको सुर्केको वस्ती समेत जोखीममा पर्ने संम्भावना छ । मन्दिरमा विगत ३८ औँ पुस्ता देखी कुलपुजा गरिँदै आएको थियो । मन्दिरमा हाल लाकुरीडाँडामा रहेका १ सय १० घर धुरी थामी परिवारले कुल पुजा गर्ने गरेका थिए ।

प्रतिकृया दिनुहोस

दोलखाको तामाकोशीमा वस दुर्घटना, ५ जना घाइते ।

रेडियो शैलुङ्ग दोलखा दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा बस दुर्घटना हुँदा ५ जना यात्रु सामान्य घाईते भएका छन् ।  दुर्घटनामा तामाकोशी

युवा समिति दोलखाद्वारा आयोजित वतृत्वकलामा रामचन्द्र केसी प्रथम हुन सफल

    युवा समिति दोलखाद्वारा आयोजित  वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनभएका रामचन्द्र केसीले प्राप्त गरेको प्रथम पुरस्कार राशी नेपाल पत्रकार

कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर मेलुङ गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

  रेडियो शैलुङ दोलखा कृषि,पशु,वन,पर्यटन विकासको आधार,स्वास्थ्य शिक्षा,सडक समृद्ध मेलुङको पूर्वाधार भन्ने मुल आधारलाई प्राथमिकतामा राखेर दोलखा