बामगठवन्धन दोलखाका युवाद्वारा धान रोपाइ कार्यक्रमको आयोजना

 

बाम गठवन्धन दोलखाका युवाद्वारा भिमेश्वर नगरपालिका जिलुमा १ दिने श्रम शिविरको आयोजना गरेका छन् । असारको सन्दर्भ पारेर युवा संघ र वाइसिएल दोलखाले संयुक्त कार्यक्रमको आयोजना गरि धान रोपेका हुन् । जिलु निवासी अर्जुन कुमार श्रेष्ठको करिव १० रोपनीको खेतमा धान रोपाइ गरेको युवा संघ दोलखाले जनाएको छ । १ सय ५० भन्दा वढी युवाको सहभागिता रहेको धान रोपाईमा करिव १ मुरी धानको वीउ जाने खेतमा रोपाई गरिएको थियो । गोरु जोत्ने,आली लगाउने,विउ उखेल्ने र रोप्ने समेत सवै काम युवाले सम्पन्न गरेको वडा न ४ का वडाध्यक्ष हरिवंश चौलागाईको भनाई छ । बाम एकता भएसंगै दुई युवा समुह वीच सामिप्यता र आत्मियतालाई वलियो वनाउनको लागि सन्देश दिने उद्देश्यले सामुहिक कार्यक्रमको आयोजना गरिएको युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङले वताउनुभयो । साथै कृषिमा वढ्दो उदासिनता कम गरी कृषि क्षेत्रको विकास र विस्तारको सन्देशका लागि कार्यक्रम उपयोगी हुने अध्यक्ष गुरुङको भनाई छ । 
कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नेकपा एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले राज्यले अगाडि ल्याएको सुखी नेपाली,सम्वृद्ध नेपालको सपना साकार पार्न बामगठवन्धनका युवा श्रम र उत्पादनमा लाग्नु पर्ने कुरामा जोडदिनुभयो । कृषि पेसालाई अपहेलना गरेकै कारण मुलुक अगाडि वढन् नसकेको भन्दै सम्मानित पेसाको रुपमा कृषिलाई लान स्थानीय तहले योजना वनाएर अगाडि जार्ने धारणा व्यक्त गर्नुभयो । एकिकृत नेकपा माओवादीका पुर्व नेता शकर लामाले  धानको उत्पादन वढेमा राज्यको आर्थिक वृद्धिदर वढ्ने भन्दै कृषिको विकास विना देशको सम्वृद्धि सम्भव नभएकोले सवै नेपालीले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।  आजसम्म अधिकाशं कृषकले आकाशे पानीको भरपर्नु पर्ने वाध्यता रहेको भन्दै वाइसियल दोलखाका अध्यक्ष नवराज अर्यालले सिंञ्चाइ विकासको योजना प्राथमिकता राख्न स्थानीय तहसंग आग्रह गर्ने वताउनुभयो ।
समग्र कार्यक्रमको व्यवस्थापन वडाध्यक्ष हरिवंश चौलागाईले गर्नुभएको आयोजकको भनाई छ । नेपालको कुल खाद्यन्नमा धानको करिब ५० प्रतिशत देन हुने गरेको छ र कुल गार्हस्थ उत्पादनमा समेत धानको करिब २० प्रतिशत योगदान हुने गरेको तथ्याङ वाहिर आएपनि आजसम्म प्राय कृषकले आकाशे पानीको भर पर्नु पर्ने भएकोले  बालीबाट सोचे जति फाइदा लिन नसकिएको जिलुका कृषक देवी प्रसाद चौलागाईको भनाई छ ।   
वर्षैनी जिल्ला कृषि विकास कार्यालय दोलखाले असार १५ अर्थात राष्ट्रिय धान दिवस मनाउदै आएको थियो । यो वर्ष भने कृषि विकास कार्यालयले स्थानीय तहमा सवै अधिकार गएको भन्दै धान दिवस मनाएन भने दोलखाका कुनै स्थानीय तहले धान दिवसको सन्देश दिन औपचारिक कार्यक्रम गरेनन् ।  तर ढिलै भएपनि  दोलखाका बाम गठवन्धनका युवाले गरेको यो अभियानबाटबाट कृषि क्षेत्रको विकास र विस्तारमा सकारात्मक सन्देश दिन सहयोग पुग्ने अपेक्षा गर्न सकिन्छ । 

 

प्रतिकृया दिनुहोस

अन्र्तराष्ट्रिय  समन्वय समाज दोलखाको प्रथम  अधिवेशन कार्तिक १० गते हुँदै

  असोज २८ अन्तराष्ट्रिय समन्वय समाज दोलखाको प्रथम अधिबेशन यहि कार्तिक १० गते सदरमुकाम चरिकोटमा हुने भएको छ । प्रबासी दोलखाली युबाहरुको साझा तथा

६३ औ प्रहरी दिवसको अवसरमा प्रहरीलाई सहयोग गर्ने सहकारी संस्था र नागरिक सहित प्रहरीको सम्मान

  ६३ औँ प्रहरी दिवसको अवसरमा दोलखामा १९ जना प्रहरी सम्मानित भएका छन् । नेपाल प्रहरीको प्रतिवद्धता, अपराध रहित समाज निर्माणका लागी प्रतिवद्धता भन्ने

सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम चरिकोटबाट प्रशारण भइरहेका रेडियोले किशोरीका सवालमा वहस

  अक्टोबर ११, अन्तर्राष्ट्रिय बालिका दिवस विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।सातौं अन्तराष्ट्रिय बालिका दिवसको अवसर पारेर दोलखा सदरमुकाम