दोलखाको तामाकोशीमा वस दुर्घटना, ५ जना घाइते ।


रेडियो शैलुङ्ग दोलखा
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा बस दुर्घटना हुँदा ५ जना यात्रु सामान्य घाईते भएका छन् । 
दुर्घटनामा तामाकोशी गाउँपालिका वडा नंम्वर ६ च्यामाका  ५०  बर्षीय वलकमायाँ फुयाँल, २५ बर्षीय कल्पना घिमिरे, भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका ५६ बर्षीय फुलमाया खाती, २ वर्षका सलिना खाती र तामाकोशी  ४ का  ६५ वर्षका पदम माया खड्का घाईते हुनु भएको  जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । गाउँपालिकाको वडा नम्बर ६ हावा च्यामाबाट काठमाण्डौँका लागि छुटेको बा २ ख ६६०५ नम्बरको बस शुक्रवार विहान १०ः४० मा वडा नम्बर ४ मालु स्थित थलरी भन्ने स्थानमा ब्रेक फेल भई दुर्घटना भएको हो । घाईतेहरुको सदरमुकाम चरिकोटमा उपचार भईरहेको छ । करिब ४० जना यात्रु सवार बस सडकको भित्तामा ठोकिएर सडकमा नै पल्टिएका कारण ठुलो क्षति बाट जोगिएको प्रहरीको भनाई छ । 

 

प्रतिकृया दिनुहोस

जिरी नगरपालिकाको टोली चीन जाँदैैँ 

रेडियो शैलुङ्ग दोलखा / छिमेकी चीनको तिब्बत स्थित छाङ्दु नगरपालिकाको निमन्त्रणमा दोलखा जिरी नगरपालिकाको टोली शुक्रबार बिहान १०ः१५ बजे चीन जाने भएको

नेकपा दोलखाका अध्यक्ष भीम प्रसाद दहालको राजनीतिक यात्रा 

 शरद सापकोटा  ३० साउन, काठमाण्डौँ  रेडियो शलुङ्ग दोलखा/ तत्कालीन नेकपा एमाले र एनेकपा माओवादीको एकीकरणबाट नेपाल कम्युनिष्ट पार्टीको निर्माण

निताको नयाँ घरमा वस्ने सपना तीन वर्षदेखि अधुरै ।

  दोलखा बैतेश्वर गाँउपालिका वडा नम्बर ६ नाम्दु खनियाँचौरकी निता घिमिरेको २०७२ सालमा बैशाखमा गएको विनाशकारी  भुकम्पले घर मात्रै भत्काएन श्रीमान